IME Life
Beema Board

जनउत्थान लघुवित्तको वार्षिक समिक्षा तथा बजेट विनियोजन गोष्ठी सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले साउन २५ र २६ गते पाल्पा जिल्लाको तानसेनमा आर्थिक वर्ष २०७७।०७८ को वार्षिक समिक्षा तथा २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गोष्ठी सम्पन्न गरेको छ । वित्तीय संस्थाका अध्यक्ष बावुराम बिश्वकर्माको अध्यक्षता तथा संस्थापक अध्यक्ष, नेपाल सरकारका पूर्व सचिव, वित्तीय संस्थाका परिकल्पनाकार डा. मान बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सु–सम्पन्न भएको हो ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री श्रीराम पोख्रेल तथा केन्द्रीय कार्यालयमा विभिन्न विभागमा कार्यरत कर्मचारीहरु इन्द्र बराली, बसन्त पचभैया, भरत कुमार रसाली, शर्मिला वि.क.,टोप बहादुर सुनार, प्रकाश भण्डारी, मधु कुँवर र चेत नरायण रिमाल लगाएतले शाखा प्रमुखहरुलाई विभिन्न विषयहरुमा प्रशिक्षण तथा सुझावहरु दिएका थिए ।

Prabhu
Crest

संस्थाका अध्यक्ष विश्वकर्माले कर्मचारीहरुको अथक मेहनत र प्रयासले संस्थाले यो उचाई लिन सफल भएको छ, कोभिडले पारेको प्रभावलाई अवसरका रुपमा लिनु पर्ने र वित्तीय संस्थाका हरेक क्रियाकलापहरुलाई सरलीकृत गर्नु पर्ने र चालु आर्थिक वर्षका लागि नवीनतम् रणनीतिहरु बनाई कार्य गर्न सुझाव दिए ।

वित्तीय संस्थाका अध्यक्षले वित्तीय कारोवारलाई चुस्त दुरुस्त पार्दै वित्तीय संस्थाको निती नियम भित्र रही दैनिक कार्यहरु गर्न निर्देशन दिदै आर्थिक वर्ष २०७८/७९ को लक्ष्य प्राप्तीमा सफलताको कामना गरे ।

कार्यक्रममा वित्तीय संस्थाका ३९ वटा शाखाका शाखा प्रमुख तथा प्रतिनिधीहरुले आ–आफ्नो शाखाको वार्षिक प्रगति विवरण पेश गर्नुका साथै आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रणनीतिक योजनाहरु प्रस्तुत् गरेका थिए । उक्त कार्यक्रममा आ.व.२०७७/७८ मा अधिकत्तम नाफा हाँसिल गर्ने शाखा कार्यालय रैकवारविचवा, लक्ष्य प्राप्ती तर्फ शाखा कार्यालय परशुराम डडेलधुरा र उत्कृष्ट असुली तर्फ शाखा कार्यालय पोखराथोक, शक्तिखोर र बुलिङ्गटारलाई प्रशंसा पत्र सहित पुरस्कृत गर्नुका साथै त्यहाँ कार्यरत कर्माचारीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS