IME Life
Beema Board

नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच सम्झौता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच सम्झौता भएको छ । बैंक र महासंघबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिबृद्घिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो । महासंघ र बैंकबीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार १० थरीका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गरिने उल्लेख गरेको छ ।

Prabhu
Crest

महासंघका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच र्पुयाउन सहज हुने बताए । बैंककी प्रमुख कार्यकारी अधिकृत खुजेलीले सम्झौताबाट लघु, घरेलु तथा साना उद्योगी लाभान्वित हुने अपेक्षा गरेकी छिन् ।

सम्झौता कार्यक्रममा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंह र कोषाध्यक्ष सत्यनारायण प्रजापतिको उपस्थिति रहेको थियो । बैकको तर्फबाट अमित श्रेष्ठ, जनक भट्टराई, पुण्यप्रसाद खनियाँ र रूकमणी महर्जनको उपस्थिति रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS