IME Life
Beema Board

अघिल्लो सरकारले प्रचारात्मक ढङ्गले बजेटको आकार बढाएको अर्थमन्त्री शर्माको आरोप

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले अघिल्लो सरकारले बजेट कार्यान्वयन क्षमतासँग मेल नखाने गरी प्रचारात्मक ढङ्गाले बजेको आकार बृद्धि हुँदै आएको आरोप लगाएका छन् । अहिलेको अर्थतन्त्रको अवस्थालाई श्वेतपत्र मार्फत सार्वजनिक गर्ने क्रममा उक्त आरोप लगाएका हुन् । आर्थिक वर्षको अन्तिम महिनामा उल्लेख्य खर्च हुने गरेबाट वित्तीय अनुशासन कार्यम गर्न कठिनाई उत्पन्न भईरहेको तथा बजेटको प्राथमिकता र कार्ययोजना अनुरुप खर्च हुन नसकेको उनले जनाएका छन् । विगत पाँच आर्थिक वर्षको असार महिनामा औषत खर्च कुल खर्चको २२.२३ प्रतिशत भएको उनले श्वेपत्रमा उल्लेख गरेका छन् ।

विनियोजित बजेट खर्च हुन नसकी अपेक्षित उपलब्धि हासिल हुन नसकेको अवस्था एकातर्फ छ भने अर्को तर्फ वर्सेनी बजेट भन्दा बाहिर गएर स्रोत सुनिश्चितता सहमति दियएको उनले उल्लेख गवरेका छन् । उदाहरणका लागि चालु आर्थिक वर्षमा सडक पूर्वाधार तर्फ झण्डै तीन खर्बको र रेल पुर्वाधार तर्फ ५७ अर्ब विनियोजन बाहिरको स्रोत सुनिश्चितताको दायित्व बाँकी रहेको छ ।

Prabhu
Crest

सरकारी खर्च बढ्दै गए पनि चालु खर्चको तुलनामा पूँजीगत खर्च बढ्न सकेको छैन। आर्थिक वर्ष २०७४/७५ मा संघीय सरकारको कुल खर्च १० खर्ब ८७ अर्ब हुँदा पूँजीगत खर्च २४.९ प्रतिशत भएकोमा आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारको कुल खर्च ११ खर्ब ८० अर्ब हुँदा पूँजीगत खर्च १९.३ प्रतिशतमा सिमित हुन पुगेको छ । त्यसैगरी आर्थिक वर्ष २०७४/७५ को कुल खर्चमा चालु खर्चको अनुपात ६४.१ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा उक्त खर्च ७२.१ प्रतिशत पुगेको छ ।

आर्थिक जानकारी पत्र - MInister

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS