IME Life
Beema Board

कालिका लघुवित्तको चौथो त्रैमासमा उत्साहजनक प्रगति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ५ करोड ५२ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १७६४ दशमलव ३१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहीै अवधिमा संस्थाले २९ लाख ६७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी २७ करोड ७५ लाख रूपैयाँ रहेको संस्थाको जगेडा कोषमा १५ करोड ३ लाख रुपैयाँ संचिती रहेको छ । समिक्षा अवधिमा संस्थाको जगेडा कोषको आकारमा ४७ दशमलव २७ प्रतिशतले बृद्धि भएको छ ।

Prabhu
Crest

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले २९ करोड १५ लाख ६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १६ करोड ७६ लाख १९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाको सञ्चालन नाफा भने ऋणात्मक छ । समिक्षा अवधिमा संस्थाको यस्तो मूनाफा २ करोड ६० लाख रुपैयाँ ऋणात्मक छ अघिल्लो आर्थिक बर्षमा यो ३ करोड ३४ लाख रुपैयाँ ऋणात्मक थियो ।

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८२ पैसाले बढेर १९ रुपैयाँ ८९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १७ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS