IME Life
Beema Board

विजय लघुवित्तले कमायो ११ करोड ८४ लाख नाफा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिसम्ममा ११ करोड ८४ लाख ५९ हजार खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीले १०३ दशमलव ७२ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले ५ करोड ८१ लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी ४ दशमलव २५ प्रतिशतले बद्धि गरेको छ । यस अवधिमा कम्पनीले ३८ करोड १ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले १५ करोड ६८ लाख ४२ हजार रुपैयाँ संचालन मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको संचालन मुनाफा ७९ प्रतिशतले बढी हो ।

हाल कम्पनीको चुक्ता पूँजी २६ करोड ६५ लाख ९७ हजार रुपैयाँ रहेको छ । यस अवधिसम्म जगेडा कोष रकम१७ करोड ३३ लाख ८२ हजार रुपैयाँ संचिती छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा साढे ६२ प्रतिशतले संचिती बढी हो ।

कम्पनीले २ अर्ब ९० करोड २३ लाख ७८ हजार कर्जा सापटी लिएर ४ अर्ब ३१ करोड ७९ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस अवधिमा २३ दशमलव ८२ प्रतिशत कर्जा प्रवाह बढी हो । यस अवधिसम्म कम्पनीले ९९ करोड ३९ लाख ८ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको निक्षेप संकलन २५ प्रतिशत बढी हो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ४४ रुपैयाँ ४३ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ६५ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS