IME Life
Beema Board

मैलुङ खोला जलविद्युतको आईपीओ नतिजा चार वटा साइटबाट हेर्न सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही समयपछि मात्रै हेर्न मिल्ने विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । संस्थाको आईपीओ नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ ।

आईपीओ को नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार मैलुङ खोला जलविद्युतको वेबसाइट  https://mailungkhola.com/, बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट https://www.siddharthacapital.com/check-share-allotment-ipo-fpo/  सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।

Prabhu
Crest

आज भएको आईपीओ बाँडफाँडमा कुल २० लाख ६७ हजार ९ सय ६७ जनाको आवेदन परेकोमा २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकि रहेका २० लाख ६५ हजार १ सय २४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

जस अनुसार गोलाप्रथाबाट ६८ हजार ४ सय ७४ आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । यी मध्ये ६ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएकामध्ये १९ लाख ९९ हजार ४ सय ९३ जना आवेदक हात खाली भएका छन् ।

कम्पनीले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS