SKIP THIS

GBIME
IME Life
Beema Board

सन नेपालको साधारण सभा सम्पन्न, प्रिमियममा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय, कमलादी, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

सभामा कम्पनीले प्रिमियम मुल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।  साथै, सभामा आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान, हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचि एनएफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित भएको छ ।

Prabhu
Crest

त्यस्तै, आर्थिक वर्ष ०७६/७७ को लागि वर्तमान लेखापरीक्षक हरि मणि आचार्य,एच आचार्या एण्ड स्शोसियट्स चार्टर्ड एकाउन्टेण्टलाई पुनः नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

त्यसैगरी सभाले स्वतन्त्र विज्ञ संचालमा नितु कयाललाई नियुक्त गरेको छ ।

हालसम्म कम्पनीले देशभरका २० वटा शाखा कार्यालय तथा १०८ वटा उपशाखा कार्यालयमार्फत आफ्ना बीमितहरुलाई सरल, सहज र उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS