IME Life
Beema Board

नेपाल बैंगलादेशको मुनाफा ८४ प्रतिशतले बढ्यो, शेयर बजारबाट पैसा कमाउदा नाफामा अत्याधिक सुधार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बंगलादेशक बैंकको मुनाफा ८४ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब २९ करोड रुपैया मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको मुनाफा जम्मा एक अर्ब २४ करोड रुपैयाँ मात्रै थियो । बैंकको खुद व्याज आम्दानी घटेपनि शेयर बजार लगायत अन्य क्षेत्रबाट राम्रो आम्दानी गर्दा मुनाफा बढेको हो । बैंकको अन्य सञ्चालन आम्दानी तथा अन अपरेटिङ इनकममा अत्याधिक सुधार देखिएको छ । यो सँगै बैंकको लाभांस बाँड्न योग्य मुनाफा पनि एक अर्ब ४७ करोड रुपैयाँ छ ।

बैंकले नन अपरेटिङ इनकम मात्रै ५ करोड ४४ लाख रुपैयाँ गरेको छ । त्यस्तै अन्य सञ्चालन आम्दानी पनि २८ करोड ४४ लाख रुपैयाँ रहेको छ । बैंकले यस पटक दोस्रो बजारबाट राम्रो पैसा कमाएको छ । जसले गर्दा नियमित व्यवसाय खुम्चिदा पनि मुनाफा ह्वात्तै बढेको छ । बैंकको खुद व्याज आम्दानी ७.५० प्रतिशतले घटेर २ अर्ब ६३ करोड रुपैयाँ आर्जन गरेको छ ।

Prabhu
Crest

यसै अवधिमा बैंकले ८७ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरि ६८ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा निक्षेप ३१ प्रतिशतले र कर्जा विस्तार जम्मा १५ प्रतिशतले मात्रै विस्तार हुन सकेको छ । बैंकको खराव कर्जामा केहि सुधार आएको छ । केहि विग्रिएको कर्जा सुधार गर्दा पनि बैंकको मुनाफा बढेको हो ।

बैंकको चुक्ता पूँजी ९ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा ४ अर्ब ७६ करोड रुपैयाँ छ । वितण योग्य मुनाफाका आधारमा बैंकले १५ प्रतिशत हाराहारी लाभांस विरतण गर्न सक्नेछ । जगेडा कोषमा भएको केहि रकम बोनस शेयर मार्फत लाभांस दिने हो भने यस वर्ष बैंकको लाभांस राम्रो आउन सक्छ । अर्को तर्फ रणनीतिक साझेदारको रुपमा रहेको बंगलादेश बैंक बाहिरिदै छ । यस बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफा पनि लिने घोषणा गरिसकेको छ । यसै आधारमा बैंकले आफ्नो शेयर बिक्रीका लागि संस्थापकहरुलाई आह्वान पनि गरिसकेको छ । त्यसैले गर्दा यस वर्ष नेपाल बंगलादेश बैंकलाई अहिलेसम्मको लाभांस वितरण गर्नु पर्ने भएकाले अन्य शेयरधनीहरुले पनि राम्रै लाभांस पाउन सक्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS