IME Life
Beema Board

गरुडा नगरपालिकाले घर पास गर्दा बीमालाई अनिवार्य गराउने, छोरीको बीमाका लागि अभियान सुरु गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गरुडा नगरपालिकाका मेयर ईनु राय यादवले घर जग्गा पासका लागि आउने सेवाग्राहीलाई बीमा गर्ने पर्ने नीति बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । बीमा समितिले आज रौतहट जिल्लाको गरुडा नगरपालिकामा बीमा सम्बन्धी जनचेतना मुलक अन्तर्क्रिया कार्यक्रममा मेयर ईनु रायले आफ्नो नगरपालिकामा बीमालाई अनिवार्य गर्ने नीति बनाउने बताएका हुन् ।

Prabhu
Crest

रौतहटमा दाइजोका कारण धेरै नै पिडित हुने गरेको भन्दै छोरी जन्मने वित्तीकै जीवन बीमा गर्न सबैलाई अनुरोध गर्ने बताए । अहिलेदेखिनै छोरीको बीमा गर्ने हो भने भोलि बिबाह गर्दा अभिभावकले सजिलै आर्थिक जोहो हुने उनको तर्क रहेको छ ।

रौतहटमा बीमा सम्बन्धी जनचेतना एकदमै कम भएको भन्दै यस्तो कार्यक्रम गरेकोमा ईनु मियाले समितिलाई धन्यवाद दिएका थिए । कार्यक्रममा स्थानीय स्तरमा रहेका बैंक तथा बीमा कम्पनीका कर्मचारीहरु, शिक्षक, व्यापारी, व्यवसायी, कृषक, अभिकर्ता तथा सर्वसाधारणको उपस्थिति थियो ।

आजको कार्यक्रममा बीमाको सामान्य जानकारी पनि नभएका कृषक तथा सर्वसाधारणको उपस्थिति रहेको बीमा समितिका निर्देशक दिनेशलाल कर्णले जानकारी दिए । आफ्नो पारिवारिक कठिनाइका बाबजुत पनि पूर्वनिर्धारित आजको कार्यक्रममा कर्णले बीमा सम्बन्धी जानकारी दिएका थिए । कार्यक्रममा दुई सय हाराहारीको सहभागिता थियो । कार्यक्रममा उपस्थित भएका कृषकहरुले कृषि बीमाका लागि कुनै पनि कम्पनी तथा अभिकर्ताहरु नआएको भन्दै आक्रोसित भएका थिए ।

कृषि बीमाका लागि स्थानीय प्राविधिकहरुलाई बोलायो भने पनि बीमा शुल्क भन्दा अतिरिक्त पैसा माग्ने गरेको भन्दै उनिहरुले गुनासो पोखेका थिए । कृषकहरु स्वयं बीमा कम्पनीमा गएर कृषि बीमा गर्न अनुरोध गर्दा पनि उनिहरुले मान्ने गरेका छैनन् ।

अर्को तर्फ जीवन बीमाका अभिकर्ताहरुले पनि बीमितलाई लोभ्याउन अहिले बीमा गरेमा दुई तीन गुणा भन्दा धरै पैसा पाउन सकिने भन्दै मिस सेलिङ गर्ने गरेको भन्दै गुनासो आएको थियो । जीवन बीमा गर्दा ठुला ठुला सपना देखाउने तर वास्तविकतामा भने अनुसार नपाइएको भन्दै उनिहरुले यसलाई नियन्त्रण गर्न सुझाव दिएका थिए ।

कतिपय सहभागिले बीमा पनि गर्न सकिन्छ भनेर प्रश्न गरेका थिए । त्यस्तै बीमा गरेका कतिपय बीमित तथा अभिकर्ताले नियम अनुसार कम्पनीहरुले सरेण्डर तथा कर्जाको सुविधा नदिएको भन्दै गुनासो गरेका थिए । उनिहरुको गुनासोलाई संवोधन गर्दै निर्देशक लालले पहिला जारी भएका पोलिसीमा त्यति वेला जारी भएका निर्देशन लागु हुने भएकाले पछिल्लो निर्देशनले पुराना पोलिसीमा प्रभाव नपर्ने भन्दै जवाफ दिएका थिए । सर्भेयरको कारणले गर्दा दाबी भक्तानीमा धेरै नै समस्या भएकाले नयाँ नयाँ सर्भेयर तयार पार्नु पर्ने भन्दै सुझाव दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS