IME Life

एक बीमा कम्पनी सहित तीन कम्पनीले आइपीओ निष्काशनका लागि बोर्डमा दिए निवेदन

SPIL
NIC ASIA

काठमाडौं । आईपीओ निष्काशन गर्नका लागि रिलायबल लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

रिलायबल लाइफ इन्स्योरेन्सले १ सय रुपैयाँ अंकित मूल्यमा थप ११२ प्रिमियम थपेर प्रतिकित्ता २१२ मा ६० लाख कित्ता आईपीओ निष्काबन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले आईपीओ निष्काशन गर्नका लागि साउन १२ गते निवेदन दिएको थियो हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Prabhu
Crest

उपकार लघुवित्त वित्तीय संस्थाले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले साउन १३ गते बोर्डमा निवेदन दिएको हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

त्यस्तै, रिभर फल्स पावर लिमिटेडले ३४ लाख ३० हजार कित्ता सर्वसाधारण र स्थानीय बासिन्दाको लागि आईपीओ निष्काशन गर्न निवेदन दिएको हो । कम्पनीले उक्त आईपीओ निष्काशन गर्नका लागि साउन १३ गते निवेदन दिएको थियो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS