IME Life

युनियन लाइफको पहिलो कारोबार ३४२ रुपैयाँमा, कति पुग्ला मूल्य ?

SPIL
NIC ASIA

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो कारोबार ३४२ रुपैयाँ भएको छ । नेपाल स्टक एक्सचेन्जमा आजबाट सुरु भएको युनियन लाइफको शेयर प्रिओपनिङ सेसनमा अधिकतम रेन्ज भन्दा तीन रुपैयाँ कममा कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेन्जले युनियन लाइफलाई न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि अधिकतम ३४५ रुपैयाँ ३९ पैसा दिएको थियो । कम्पनीले हिजो मात्रै नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि सूचिकरण संझौता गरेको थियो । नेप्सेले कम्पनीलाई ULI सिम्बोल प्रदान गरेको छ ।

Prabhu
Crest

कम्पनीको दोस्रो बजारमा दुई करोड १५ लाख कित्ता शेयर सूचिकृत भएको छ । जस मध्ये सर्वसाधारण समुहको ६४ लाख ५० हजार कित्ता रहेको छ । दोस्रो बजारमा यहि सर्वसाधारण समुहको शेयर सहजै कारोबार गर्न सकिनेछ ।

कम्पनीले गत असार २४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो । प्राथमिक शेयरधनीले आजदेखि दोस्रो बजारमा सजिलै कारोबार गर्न सक्नेछन् ।

दोस्रो बजारमा बीमा कम्पनीको शेयर मूल्य तुलनात्मक रुपमा राम्रो मानिन्छ । बैंकहरुको भन्दा धेरै मूल्यमा कारोबार हुने भएकाले युनियन लाइफका प्राथमिक शेयरधनीले राम्रो लाभ लिन सक्ने छन् । हाल दोस्रो बजारमा रहेका जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा कम ७०५ रुपैयाँ रहेको छ । त्यस्तै अधिकतम २४ सय हाराहारी छ ।

जीवन बीमा कम्पनीहरु मध्ये युनियन लाइफको व्यवसाय तुलनात्मक रुपमा धेरै छ । बीमा शुल्क आर्जनका हिसावले युनियन लाइफ चौथो स्थानमा छ । यस हिसावले यो कम्पनीले दोस्रो बजारमा राम्रो मूल्य तय गर्न सक्ने सम्भावना उत्तीकै छ । अर्को तर्फ यस कम्पनीमा नेपालको व्यवसायिक घरानाको लगानी रहेको छ । यसले गर्दा पनि उनिहरुले आफ्नो कम्पनीको शेयर मूल्य माथि राख्न अवको केहि समय दोस्रो बजारमा हुने सप्लाइलाई आफैले खरिद गरिदिने छ । जसले गर्दा दोस्रो बजारमा तुलनात्मक रुपमा सप्लाइ कम हुनेछ । सप्लाइ कम हुने वित्तीकै केहि समय एक हजार रुपैयाँ भन्दा माथिमा कारोबार हुन सक्छ । यदि उनिहरुले दोस्रो बजारबाट संकलन गरेको शेयर केहि माथि पुगेपछि स्प्लाइ गरे भने अन्य सर्वसाधारण लगानीकर्ताले ठुलो नोक्सानी बेहोर्नु पर्ने सम्भावना पनि उत्तीकै छ । यस भन्दा अगाडि प्रभु लाइफको शेयरमा पनि यस्तै देखिएको थियो ।

सूचिकरण पछि लगातार सुधार हुने क्रममा कम्पनीको शेयर १०१६ रुपैयाँसम्म पुग्यो । तर पछिल्लो समय ७८५ रुपैयाँ हाराहारीमा छ । त्यस्तै ज्योति लाइफको प्राथमिक शेयर पनि अधिकतम ९९८ रुपैयाँसम्म पुग्यो तर पछिल्लो समय ७९१ रुपैयाँ रहेको छ । तुलनात्मक रुपमा यि बीमा कम्पनीहरु भन्दा युनियन लाइफको वित्तिय विवरण र व्यवसायिक बृद्धि राम्रो भएको हुँदा नयाँ कम्पनीहरु मध्ये राम्रो मूल्य कायम गर्न सक्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS