IME Life

बीमालेख बोनशमा बीमा समितिको कैंची, समर्पण मूल्यमा वार्षिक होइन मासिक बोनश गणना

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा योजना खरिद गरेका बीमितले बीमालेख समर्पणमा प्राप्त गर्ने बोनशमा बीमा समितिले कैंची चलाएको छ । बीमालेख समर्पणमा बोनश रकम गणना गर्ने विधिमा परिवर्तन गरेर बीमा समितिले बीमितलाई घाटा र बीमकलाई फाइदा पुर्याउने कार्य गरेको हो ।

बीमालेख परिपक्व हुने मिति अगावै बीमितले बीमालेख बीमकलाई फिर्ता गरेर रकम फिर्ता माग्नुलाई बीमालेख समर्पण भनिन्छ । गत असारमा जारी ‘जीवन बीमालेख निर्देशिका २०७८’ मार्फत बीमा समितिले बोनश दर गणनालाई वार्षिकबाट मासिकमा झारेको हो । कुनै बीमालेखको समर्पण मूल्य निर्धारण गर्दा बीमकले वार्षिक रुपमा बोनश दरको गणना गर्दै आएकोमा अब मासिकरुपमा गणना गर्ने भएका हुन् ।

Prabhu
Crest

पहिले कुनै बीमितले ५ वर्षको बीमाशुल्क भुक्तानी गरेपछि बीमालेख समर्पण गर्दा ५ वर्षकै बोनश रकम बीमकले बीमितलाई भुक्तानी दिने गरेका थिए । वार्षिक बीमाशुल्क भुक्तानी गर्ने गरी खरिद गरिएको जीवन बीमालेखमा बीमितले खरिद गरेको दिनमै १ वर्षको किस्ता भुक्तानी गरिसक्छन् । यसरी चार वर्ष पुरा भएर पाँचौ वर्षमा नटेक्दै बीमितले ५ वर्षको किस्ता रकम बीमकलाई भुक्तानी गरिसकेका हुन्छन् ।

नयाँ व्यवस्था लागू हुनुपूर्व बीमितले पुरा ५ वर्षको बोनश रकम एकमुष्ठ हात पार्ने भएपनि अब ४ वर्षको पुरा बोनश र ५ औं वर्षको बोनश रकम चाहिँ बीमालेख समर्पण गर्न आएको मितिसम्मको मात्र पाउनेछन् ।

मानिलिऔं कि, कुनै बीमितले २०७१ साल बैशाख १ गते १५ वर्षको लागि खरिद गरेको रु. ५ लाख बीमांकको सावधिक बीमालेख ५ वर्षको वार्षिक किस्ता तिरेर २०७५ बैशाख ३० गते समर्पण गर्न आएको अवस्थामा ४ वर्ष १ महिनाको मात्र बोनश रकम भुक्तानी प्राप्त गर्नेछ । अर्थात् ४ वर्ष १ महिना (अर्थात ४९ महिना) को बोनश रकम शुरुदेखि कै वार्षिक बोनश दर रु. ६० छ भने समर्पण गर्दा बोनशवापत जम्मा रु.१ लाख २२ हजार ५ सय रुपैयाँ मात्र बीमकले भुक्तानी दिनेछ । तर बीमालेख निर्देशिका जारी हुनुपूर्व भने बीमितले पुरा ५ वर्षको बोनशवापत रु. १ लाख ५० हजार भुक्तानी पाउँदै आएका थिए ।

नयाँ गणना विधिका अनुसार बीमितले पाउने बोनश रकम रु. २७ हजार ५ सयले फरक छ । अर्थात  पहिले र अहिलेको समर्पण मूल्यमा बीमितले प्राप्त गर्ने बोनश रकममा १८ प्रतिशत भन्दा बढीले फरक परेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS