IME Life

एनआईसी एशिया क्यापिटलका तीन कोष योजनाको प्रतिफल घोषणा, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुको प्रतिफल घोषणा भएको छ । शुक्रबार बसेको सञ्चालक समितिको ९३ औँ बैठकले आर्थिक वर्ष वर्ष २०७७ /७८ का लागि एनआइसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरु एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्सड्  फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले प्रतिफल घोषणा गरेका हुन् ।

एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले इकाईधनीहरुलाई ३० प्रतिशत (कर सहित) प्रतिफल दिने भएको छ भने एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई १० प्रतिशतका दरले प्रतिफल दिने जनाएको छ ।

Prabhu
Crest

एनआईएशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत तथा दोश्रो वर्ष १२ प्रतिशतका दरले प्रतिफल वितरण गरेको थियो । ब्यालेन्सड् फण्डले संचालनमा आएको आठ महिनामै ८ प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको थियो । उक्त प्रतिफल वितरण पश्चात आर्थिक वर्ष २०७७र७८ को आषाढ मसान्तमा एनआईसी एशिया ग्रोथ फण्डको खुद सम्पत्ति मूल्य १८.७५ र एनआईसी एशिया ब्यालेन्सड् फण्डको खुद सम्पत्ति मूल्य १७.३० तथा पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको खुद सम्पत्ति मूल्य ११.२६ कायम गर्न सफल भएको छ ।

अहिलो घोषणा गरेको प्रतिफल दर सहित हाल सम्म ग्रोथ फण्डले ५२ प्रतिशत तथा व्यालेन्सड् फण्डले ३८ प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको छ । साथै एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले संचालनमा आएको पहिलो वर्षमानै १० प्रतिशत प्रतिफल घोषणा गर्न सफल भएको छ ।

एनआइसी एशिया क्यापिटलले छिटो छरितो तथा ग्राहकमुखी सेवा दिँदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS