IME Life

समता घरेलु लघुवित्तले कमायो १० करोड ८३ लाख नाफा,ईपीएस कति ?

SPIL
NIC ASIA

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा १११ दशमलव ११ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ५ करोड १३ लाख २८ हजार नाफा कमाएको कम्पनीले गत आर्थिक वर्ष वृद्धि गरेर १० करोड ८३ लाख ६१ हजार रुपैयाँ नाफा गगरेको छ ।

यस अवधिमा संस्थाको चुक्ता पूँजी २८ करोड ५६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १७ करोड ५४ लाख ४५ हजार रुपैयाँ संचिती रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा लघुवित्तको सापटी ६० दशमलव ६४ प्रतिशत बृद्धि गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा संस्थाको निक्षेप ५४ दशमलव ५४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ भने कर्जा ५७ दशमलव ९८ प्रतिशतले बृद्धि गरेको जनाएको छ ।

त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९४ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ४३ रुपैयाँ ४२ पैसा रहेको छ । तरलता अनुपात ६ दशमलव ०१ प्रतिशत र प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ४३ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS