SKIP THIS

GBIME
IME Life
Beema Board

धौलागिरी लघुवित्तको अधिकांश सूचकमा प्रगति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा २९७ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्षमा ८८ लाख १९ हजार खुद नाफा गरेको कम्पनीले गत आर्थिक वर्षको नाफा बृद्धि गरी ३ करोड ४० लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११ प्रतिशत बृद्धि भएको छ । सञ्चालन नाफा १३३ प्रतिशतले बृद्धि भएको छ ।

Prabhu
Crest

गत आथिृक वर्षको समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । कम्पनीकोे जगेडा कोषमा ८ करोड ६० लाख रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, संस्थाको अघिल्लो आर्थिक वर्षमा निष्क्रय कर्जा २ दशमलव २२ प्रतिशत रहेकोमा गत आथिृक वर्षमा १ दशमलव २७ प्रतिशतमा झरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३५ करोड ३ लाख ८९ हजार रुपैयाँ सापटि लिएर ५१ करोड ४५ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७ करोड ७४ लाख कर्जा लगानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS