IME Life

तीन कम्पनीले आइपीओ निष्कानशका लागि बोर्डमा दिए निवेदन

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा असार २० गते निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराएको छ । कम्पनीले निष्काशन गर्न लागेको आइपीओलाई इक्रा नेपालले इक्रा आइआर बिबि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले जोखिम मध्यम रहेको देखाउँछ ।

त्यसैगरी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले असार २४ गते उक्त आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको थियो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओले आईआर बीबी रेटिङ्ग प्राप्त गरेको छ । संस्थाको उक्त आइपीओलाई इक्रा नेपालले उक्त रेटिङ प्रदान गरेको हो । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने सम्वन्धमा मध्यम जोखिम रहेको मानिने छ ।

त्यस्तै, मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न साउन १ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले स्थानीय र सर्वसाधारणको लागि ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्न निवेदन दिएको हो । विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS