२ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार २८८ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८२९ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख २७ हजार १६९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार २८८ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार