नेपाल पुनर्बीमा कम्पनीले माग्यो ८ जना कर्मचारी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले करारमा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले चार्टर्ड एकाउन्टेण्टका लागि २ जना, सुचना प्रविधि(आईटी इन्जिनियर)का लागि १ जना र सहायक प्रबन्धकका लागि ५ जना कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धीत विषय स्नातकोत्तर तह उत्र्तिण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । उमेरको हकमा पुरुषको लागि २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार