भारतमा बीमाको पहुँचमा वृद्धि, विश्व बीमा बजारको अवस्था कस्तो छ ?

एजेन्सी।  विश्व बीमासम्बन्धी स्विस रीको पछिल्लो सिग्मा रिपोर्ट अनुसार भारतको बीमा पहुँच (बीमा पेनिट्रेशन) ३१ मार्च २०२१ मा समाप्त भएको आर्थिक वर्षमा ४ दशमलव २ प्रतिशत पुगेको छ भने यस्तो प्रतिशत ३१ मार्च २०२०मा समाप्त भएको आर्थिक वर्षमा ३ दशमलव ७६ प्रतिशत थियो ।

३१ मार्च २०२१ मा समाप्त भएको आर्थिक वर्षमा जीवन बीमा तर्फ पहुँच ३ दशमलव २० प्रतिशत थियो जबकि निर्जीवन बीमा तर्फ बीमाको पहुँच १ प्रतिशत थियो । त्यस अघि समाप्त भएको आर्थिक  वर्षमा बीमाको पहुँच जीवन तर्फ लागि २ दशमवल ८२ प्रतिशत र निर्जीवनको लागि शुन्य दशमलव ९४ प्रतिशत थियो ।

विश्वमा बीमा बजारमा औसत बीमा पहुँच ७ दशमलव ४० प्रतिशत रहेको छ जसमा जीवन तर्फ ३ दशमवल ३० प्रतिशत र निर्जीवन तर्फ ४ दशमवल १ प्रतिशत रहेको छ।

स्विस रीको सिग्मा रिपोर्ट अनुसार भारत विश्वको ११ औं सब भन्दा ठूलो बीमा बजारको रूपमा कायम छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार