IME Life

नेपाल पुनर्बीमा कम्पनीको मुनाफामा समान्य सुधार, ९१ करोड ६१ लाख रुपैयाँ नाफा गर्दा प्रतिशेयर आम्दानी १२ रुपैयाँ

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिमा १.०५ प्रतिशतले मुनाफा बढेको छ । कम्पनीले जीवन बीमा व्यवसाय तर्फको मुनाफामा उल्लेख्य सुधार भए पनि निर्जीवन बीमा व्यवसाय तर्फ भने ०.०४ प्रतिशतले नाफा घटेको छ ।

कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९१ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । निर्जीवन बीमा व्यवसायबाट ८२ करोड ४७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ भने जीवन तर्फ १० करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको हो ।

Prabhu
Crest

पुनर्बीमाले खुद बीमा शुल्क आर्जन १४.७२ प्रतिशतले सुधार गर्न सफल भएको छ । यस अवधिमा ५ अर्ब ९२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा ४ अर्ब ९४ करोड रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै दाबी भुक्तानी पनि ७.८७ प्रतिशतले बढेको छ । यस अवधिमा एक अर्ब ९८ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । निर्जीवन ब्यवसाय तर्फ एक अर्ब ७० करोड रुपैयाँको दाबी भुक्तानी गर्दा जीवन तर्फ भने २८ करोड ५ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरे सँगै कम्पनीको प्रतिशेयर आम्दानी दुई रुपैयाँले खुम्चिएर १२ रुपैयाँमा घटेको छ । कम्पनीको जगेडा कोषमा तीन अर्ब ३६ करोड रुपैयाँ जम्मा भएको छ । विभिन्न क्षेत्रमा लगानी गरेर ३१ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा कम्पनीले दुई करोड ३४ लाख रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी देखिन्छ ।

नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमा कमिसन बापत एक करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको देखिन्छ । तर पुनर्बीमा व्यवसाय प्रदान गर्ने कम्पनी तथा ब्रोकरहरुलाई एक अर्ब ६८ करोड रुपैयाँको कमिसन दिएको छ । यो कम्पनीको खर्च हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS