IME Life
Beema Board

नेको इन्स्योरेन्सको एजिएम आज, कहिलेसम्म शेयर किन्नेले १५.५% बोनश पाउने ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आज असार ३१ गते २५ औं वार्षिक साधारण सभा गर्दैछ । कम्पनीले ज्ञानेश्वरको भवनमा भर्चुअल माध्यमबाट साधारण सभा गर्ने भएको छ । सभा आफ्नै भवन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो ।

साधारण सभामा १६ दशमलब ३२ प्रतिशत लाभांशको प्रस्ताव लगिने भएको छ । आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांश पारित गर्न साधारणसभामा पेश गरिने भएको छ ।

Prabhu
Crest

सभाले अध्यक्षले तयार पारेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ । लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि असार १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गरेको थियो । त्यसकारण असार १७ गतेसम्म शेयर खरिद गर्नेले प्रस्तावित बोनस शेयर प्राप्त गर्न सक्ने छन् ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँ रहेको छ । कम्पनीले घोषणा गरेको २० करोड ४२ लाख रुपैयाँको बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS