IME Life

सगरमाथा इन्स्योरेन्सको एजिएम आज, कहिलेसम्म कायम शेयरधनीले पाउँछन् लाभांश ?

SPIL
NIC ASIA

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २४औं वार्षिक साधारण सभा आज असार ३० गते हुने भएको छ । कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा प्रधान कार्यालय, नक्साल, काठमाडौंमा बिहान ११ बजे गर्ने कम्पनीले बताएको छ । कोभिड जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट गर्ने समेत कम्पनीले जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५७८९ प्रतिशत नगद नगरी कुल ११ दशमलव ५७८९ प्रतिशत लाभांश पारित हुनेछ ।

Prabhu
Crest

त्यस्तै सभामा आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन छलफल गरी पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आव २०७७।७८ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ ।

कम्पनीले सामाजिक संघ संस्थालाई आर्थिक साहयता प्रदान गर्दा कम्पनी ऐन २०६३ को उप दफा १०५ को उपदफा १ को खण्ड ग ले निर्धारण गरेको सिमा नाघेको हुँदा खर्च भएको १६ लाखलाई अनुमोदन गर्ने, नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने तथा नियमनकारी निकायबाट कुनै विषयमा संशोधन तथा परिवर्तन गर्न निर्देशन आएमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित हुनेछन् ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि असार १७ गतेदेखि ३० गतेसम्म शेयर दाखिल खारेजी ९बुकक्लोज० गर्ने निर्णय गरेको छ । त्यसैले १६ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS