IME Life

अर्थमन्त्रीमा जनार्दन शर्मा

SPIL
NIC ASIA

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीको जिम्मेवारी माओवादीका तर्फबाट जनार्दन शर्मालाई दिएका छन् । आजै शर्मा सहित चार मन्त्रीले एकै साथ पद तथा गोपनियताको शपथ लिएका छन् । शर्माले यसअघि गृह र ऊर्जा मन्त्रालय सम्हालिसकेका छन् ।

उनी पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्रीकालमा ऊर्जामन्त्री भएका थिए । २०७३ साउन ३० मा ऊर्जामन्त्रीमा नियुक्‍त शर्माले लोडसेडिङ मुक्त नेपाल बनाउने पहल थालेका थिए । उनैले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त गरी तत्कालीन समयमा दिनमा १८ घण्टासम्म हुने लोडसेडिङको समस्यालाई निराकरण गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

Prabhu
Crest

शर्मा कोभिड १९ का कारण थला परेको अवस्थामा अर्थतन्त्री भएका छन् । कोभिड १९ का कारण लाखौ नेपालीले रोजगारी गुमाएका छन् । होटल पर्यटन क्षेत्र थिलो थिलो छ । यस्तो जटिल अवस्थालाई संयमित भएर सुधारको बाटोमा लैजानु पर्ने जिम्मेवारी सहित शर्मा अर्थमन्त्री भएका छन् ।

उनको पालामा ‘नेपालको पानी जनताको लगानी’ जस्तो महत्त्वाकांक्षी  कार्यक्रम पनि अघि सारिएको थियो । यसअघि २०७४ जेठमा शेरबहादुर देउवाकै कार्यकालमा उनी गृहमन्त्री समेत भएका थिए ।

देउवाको मन्त्रीमण्डलमा शर्मा सहित बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्री, न्याय तथा संसदीय मामिला मन्त्री र पम्फा भुसाः जलस्रोत, सिँचाइ तथा ऊर्जामन्त्री रहेका छन् । खाँण र कार्की नेपाली कांग्रेस तथा शर्मा र भुसाल माओवादी केन्द्रको तर्फबाट मन्त्री बनेका हुन् ।

मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

सर्वोच्च अदालतले सोमबार संसद पुन:स्थापना गर्दै देउवालाई २४ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।  सर्वोच्चको परमादेशपछि संविधानको धारा ७६ को उपधारा (५) अनुसार देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिए पछि केहि समय शपथलाई लिएर केहि समय अन्योलता बढेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS