IME Life
Beema Board

बैबाहिक बर्षगाँठमा पोखरेलका दम्पतिले खरिद गरे बीमा पोलिसी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आफ्नो बैबाहिक जीवनको २७औ बर्ष पुरा गरेको अवसरमा एक जोडीले एक अर्कालाई बीमा पोलिसी उपहार दिई मनाएका छन् । बुटवल ३ , रुपन्देही बस्ने अधिवक्ता सागर मणि पोखरेल र शिक्षिका कमला ज्ञवालीले एक कार्यक्रममा एक अर्कालाई ५० /५० लाखको बिमा पोलिसी दिई आफ्नो बर्षगाठ मनाएका छन् ।

लामो समयदेखि समाज सेवा गर्दै आएका सागर पोखरेल पेशाले अधिवक्ता, सफल सहकारीकर्र्मी , बैंकका संस्थापक लगायत विभिन्न बित्तीय क्षेत्रमा रहेका छन् साथै, उनले लामो समयदेखि बीमाको क्षेत्रमा पनि काम गर्दै आएका छन् । बिहानमा क्याम्पस र दिउसोमा सरकारी बिद्यालयमा अध्यापन गराउदै आएकी कमलाले, सिटिजन लाइफमा आफ्नो जीवनकालमा जम्मा गरेको रकमले बुढेसकालमा समेत उपयोगी हुने देखेपछि आफुहरुले बीमा गरेको बताएकी छन् ।

Prabhu
Crest

अधिवक्ता पोखरेलले सो कार्यक्रममा बोल्दै आजसम्म आफुले खरिद गरेका सबै बीमा पोलिसी रकम तिरिसकेपछि सकिएको तर अहिले लिएएको सिटिजन जीवन सारथी बाचुन्जेल चलिरहने र आफुलेबीमाा गरेको रकम र बोनस फिर्ता लिगीसकेपछी पनि आफ्नो सुरक्षा रहिरहने भएकाले आफुलाई यो पोलिसी मन परेको बताए ।

कार्यक्रममा बोल्दै एरिया म्यानेजर नरेश सिग्देलले उनीहरुले खरिद गरेकोे बीमा पोलिसी सबैभन्दा उत्तम रहेको बताउदै अझ बढी सफलता र सुखी जीवनको शुभकामना ब्यक्त गरे ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS