IME Life
Beema Board

तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले फेरी तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गरेको छ । बैंकको स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर पुनः आजदेखि लिलामीमा ल्याएको हो ।

महुली लघुवित्तको ५३ हजार ७० कित्ता, आरएमडीसी लघुवित्तको ३ लाख ७३ हजार ७६५ कित्ता र मेरो माइक्रोफाइनान्सको ५६ हजार ८२८ कित्ता संस्थापक शेय लिलामीमा ल्याएको हो । उक्त शेयरमा असार ३१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

Prabhu
Crest

महुली लघुवित्तको न्यूनतम मूल्य प्रतिकित्ता ७५२ रुपैयाँ, आरएमडीसी लघुवित्तको प्रतिकित्ता ४७३ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता ५३४ रुपैयाँ तोकिएको छ । बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्ने हुन्छ ।

महुली लघुवित्त वित्तीय संस्थाको शेयरमा न्यूनतम ५०० कित्ता र अन्यको न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS