IME Life
Beema Board

असार ३१ गतेबाट ३ अर्बको ऋणपत्र निष्काशन गर्दै माछापुच्छ्रे बैंक, ब्याजदर कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असार ३१ गतेबाट ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई ऋणपत्र असार ३१ गतेबाट बिक्री खुल्ला गर्न लागेको हो ।

बैंकले ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर–२०८७’ नामक ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्र १० वर्ष अवधिको हुनेछ ।

Prabhu
Crest

बैंकले निष्काशन गर्न लागेको कूल कित्तामध्ये १८ लाख इकाई व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ भने सर्वसाधारणलाई बिक्री गर्नेछ । सर्वसाधारणका लागि निष्काशन गरिने कुल १२ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म आवेदन दिन सक्नेछन् । असार ३१ गतेबाट बिक्री खुल्ला हुने उक्त ऋणपत्रमा छिटोमा साउन ४ गते र ढिलोमा साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

उक्त ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS