IME Life
Beema Board

असार २९ गतेदेखि समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर लिलामीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २९ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी मार्फत विक्री गर्ने भएको छ । कम्पनीले गत असार ३ गतेदेखि १० गतेसम्म विक्री खुला गरी विक्रीमा ल्याएको हकप्रद शेयर वितरण हुन नसकपछि संस्थापक समूहतर्फको ११ लाख ३५ हजार ५५८ कित्ता शेयर लिलामी मार्फत विक्री गर्न लागेको जनाएको छ ।

यस शेयर खरीदका लागि असार २९ गतेबाट साउन ५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । यस शेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

Prabhu
Crest

उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

ईच्छुक वा जो कोही व्यक्तिले बोलपत्र विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूका शाखा कार्यालय विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत, नेपालगञ्ज, धनगढी र समृद्धि फाइनान्सका केन्द्रिय कार्यालय हेटौँडा, बुटवल, पोखरा र नारायणगढमा पेश गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS