IME Life
Beema Board

गुराँस लघुवित्तद्धारा मृतकको परिवारलाई ३ लाख २२ हजार रुपैयाँ बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सिधुवा, धनकुटाले मृतकको परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । शाखा कार्यालय सिधुवाको समूहमा आवद्ध भई कर्जा कारोवार गर्ने सदस्यको मृत्यु पश्चात मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।

२०७७ चैत्र महिनामा मृत्यु भएका धनकुटा छथर जोरपाटी–२ का युवराज पिठाकोटेका परिवारलाई ३ लाख २२ हजार पाँच सय रुपैया बीमा वापतको रकम हस्तान्तरण गरिएको हो । मृतक पिठाकोटेले शाखा कार्यालय सिधुवा अन्तर्गत समूहमा आवद्ध भई १ लाख ५० हजार रुपैयाँ कर्जा कारोवार गरेका थिए । पिठाकोटेको चैत्र ७ गते सवारी चलाउने क्रममा सप्तरीको महुलीमा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।

Prabhu
Crest

संस्थाले मेट लाईफ कम्पनीसँगको साझेदारीमा ऋणी सदस्यको साधारण मृत्यूमा ११५ प्रतिशत,दुर्घटनावाट मृत्यू भएमा २१५ प्रतिशत तथा अंगभंग भएमा शत प्रतिशत बीमा सुविधा उपलव्ध गराईने संस्थाले जनाएको छ ।

एक नम्वर प्रदेश स्तरीय कार्यक्षेत्र भएको वित्तीय संस्थाले ३३ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गरी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS