IME Life

अपर तामाकोशीले भोलिदेखि व्यवसायिक शुभारम्भ गर्ने, वार्षिक ८/९ अर्ब रुपैयाँले आम्दानी गर्दा कहिलेसम्म तिर्ला ऋण ?

SPIL
NIC ASIA

काठमाडौं । अपर तामाकोशीको प्रारम्भिक टेष्टिङको काम सकिए सँगै सम्भव भएसम्म भोलि सोमबार प्रधानमन्त्री केपि शर्मा वलीले शुभारम्भ गर्ने भएका छन् । कम्पनी स्रोतका अनुसार टेष्टिङको काम सम्पन्न भए सँगै भोलि शुभारम्भ गर्ने कार्यतालिका रहेको छ । यसका लागि आयोजना स्थलमा तयारी भैरहेको छ । तर अहिलेसम्म कुनै निर्णय भने भैसकेको छैन ।

Prabhu
Crest

अपर तामाकोशीले दुई महिना अगाडि टेस्टिङ सुरु गरेको थियो । टेष्टिङकका क्रममा देखिएका समस्याहरु विस्तारै समाधान भए सँगै शुभारम्भ गर्न योग्य भएको कम्पनीले जनाएको छ । आयोजनाका ६ वटा युनिटहरु रहेका छन् । अहिले एउटा युनिटबाट मात्रै विद्युत उत्पादन सुरु हुने छ । यसलाई पनि ट्रायल फेजका रुपमा १०/१२ दिन हेरिन्छ । त्यस पछि मात्रै राष्ट्रिय प्रसारण लाइनमा जोडिने कम्पनीले जानकारी दिएको छ ।

केहि महिना भित्रै बाँकी युनिटबाट पनि विद्युत उत्पादन सुरु हुने र विस्तारै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कम्पनीको तयारी छ । यसका लागि अझै केहि महिना लाग्ने छ । आगामी आर्थिक वर्षमा कम्पनीले ६ अर्ब हाराहारीको विद्युत बिक्री गरेर आम्दानी गर्नेछ । जस मध्ये ५ अर्ब हाराहारी मुनाफा हुने अनुमान गरिएको छ । तर २०७९/८० मा भने कम्पनीले ७/८ अर्ब हाराहारीमा मुनाफा आर्जन गर्न सक्ने कम्पनीले जनाएको छ ।

राष्ट्रिय गौरव आयोजनाको रुपमा सुरु गरिएको अपर तामाकोशीको विद्युत उत्पादन क्षमता ४५६ मेगावाट रहेको छ । यदि पुर्ण क्षमतामा विद्युत उत्पादन गर्ने हो भने कम्पनीले वार्षिक ९ अर्ब रुपैयाँ हाराहारीको विद्युत बिक्री गर्न सक्नेछ । तर समय समयमा हुने प्राविधिक समस्याले औषतमा पनि ७/८ अर्ब रुपैयाँको आम्दानी गर्न सक्नेछ ।

ठिक १० वर्ष अगाडि निर्माण कार्य सुरु गरिएको यस आयोजना निर्धारित समय भन्दा ५ वर्ष ढिला भएको छ । निर्माण कार्यमा ढिलाइ हुँदा आयोजनाको अनुमानित लागत भन्दा झण्डै साढे दुई गुणाले बढेको छ । आयोजनाको निर्माण लागत ३५ अर्ब १७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । तर यस अवधिमा लगानीको व्याज पूँजीकरण र वास्तविक लगानीमा बृद्धि हुँदा लागत झण्डै ८५ अर्ब पुग्ने अनुमान गरिएको छ । जस मध्ये शेयर पूँजी १९ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । पूँजी बाहेक झण्डै ७४ अर्ब रुपैयाँ कर्जा भुक्तानी गर्नु पर्छ ।

कम्पनीले अवको १० वर्ष सम्पुर्ण कर्जा भुक्तानी गरिसक्नेछ । तर लाभांसका लागि भने १० वर्ष नै कुर्नु पर्दैन । केहि वर्ष पछि मुनाफाको निश्चित रकमबाट लाभांस दिन सक्नेछ । लगानीकर्ताले १२ वर्षमा आफ्नो सम्पुर्ण लगानी उठाउन सक्ने छन् र बाँकी रहेको वर्षमा राम्रो लाभांस प्राप्त गर्न सक्छन् । यसैले गर्दा पनि कम्पनीको शेयरमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS