IME Life
Beema Board

११ महिनामा जीवन बीमा कम्पनीले संकलन गरे ३५ अर्ब १९ करोड प्रथम बीमा शुल्क, कसको कति ? (सूचि सहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनाको अवधिसम्ममा ३५अर्ब माथि प्रथम बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्याङ्क अनुसार १९ जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा ३५ अर्ब १९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । जेठ महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले १ अर्ब ८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छन् । जुन बैंशाख महिनाको तुलनामा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन घटेको छ । २०७८ बैशाख महिनामा मात्रै १९ जीवन बीमा कम्पनीहरुले १ अर्ब ७० करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

आर्थिक वर्ष २०७७ /७८ को ११ महिनाको अवधिमा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले जेठ मसान्तसम्ममा ७ अर्ब ४९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३ अर्ब १८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । तेस्रो माएलआइसी नेपाल रहेको छ । कम्पनीले जेठ मसान्तसम्ममा ३ अर्ब १७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ६६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी रिलायबल नेपाल लाइफले १ अर्ब९७ करोड, एशियन लाइफले १ अर्ब ७८ करोड रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ७१ करोड, ज्योति लाइफले १ अर्ब ६२ करोड, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५९ करोड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ४५ करोड, मेट लाइफले १ अर्ब ३४ करोड, रिलायन्स लाइफले १ अर्ब २५ करोड, प्राइम लाइफले १ अर्ब १३ करोड, सानिमा लाइफले १ अर्ब ९ करोड, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ८ करोड रुपैयाँ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएकाछन् ।

करोडमा प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
समितिको तथ्याङक अनुसार आर्थिक वर्ष २०७७ र७८ को ११ महिनासम्ममा प्रभु लाइफले ७५ करोड,सन नेपाल लाइफले ७३ करोड, राष्ट्रिय बीमा संस्थानले ६९ करोड र महालक्ष्मी लाइफले ५१ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS