IME Life
Beema Board

जीवन विकास लघुवित्तको आइपीओमा १५.८२ गुणा आवेदन, १९ लाख २ हजारको हात खालि हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा १५.८२ गुणाको आवेदन परेको छ । विक्री प्रबन्धक एनएमबि क्यापीटलका अनुसार उक्त आइपीओमा २० लाख ८७ हजार ३ सय २० जना आवेदकबाट ३ करोड १२ लाख ९९ हजार ४१० कित्ताको लागि आवेदन परेको छ । यो मागभन्दा १५.८२ गुणा बढी आवेदन हो ।

उपलब्ध तथ्याङको आधारलाई हेर्ने हो भने १ लाख ८४ हजार ८०१  जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्ने देखिन्छ भने १९ लाख २ हजार ५ सय १९ जना आवेदकको हात खाली हुने देखिएको छ ।

Prabhu
Crest

संस्थाले असार ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS