IME Life
Beema Board

आजदेखि पाँच कम्पनीको संस्थापक शेयर लिलामी मार्फत विक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको पाँच वटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ३ लाख ८४ हजार ९९५ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५८ हजार ५६८ कित्ता, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५५ हजार ७० कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता र नेशनल लाईफ इन्स्योरेन्सको २५ हजार ९९६ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको हो ।

उक्त शेयरमा असार २१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी महुली लघुवित्त वित्तीय संस्थाको शेयरमा न्यूनतम ५०० कित्ता र अन्यको न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

आरएमडीसी लघुवित्तको प्रतिकित्ता ४४१ रुपैयाँ, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिकित्ता ५३१ रुपैयाँ, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिकित्ता ७३०रुपैयाँ, नागरिक लगानीकोषको प्रतिकित्ता १ हजार २ सय रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता ४१० रुपैयाँ मूल्य तोकिएको छ ।

कम्पनीको शेयर बाँडफाँडमा पर्ने शेयरधनीहरुले यी कम्पनीहरुले असार १५ गतेपछि सार्वजनिक गर्ने लाभांशसँगै हकप्रद शेयर समेत प्राप्त गर्ने जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS