जीवन बीमालेख तयार गर्दा बीमाशुल्क निर्धारण गर्ने विधि

पूर्ण बहादुर थापा

काठमाडौं । जीवन बीमा ब्यवसाय गर्ने बीमकहरुले ब्यवसाय संचालन गर्ने क्रममा विभिन्न खालका विशेषता भएका बीमालेखहरु विक्रिका लागि बजारमा ल्याएका हुन्छन् । जुन बीमालेखहरुको विशेषता अनुसार शर्त तथा सुविधामा पनि फरक फरक रहेको पाइन्छ । कम्पनीले बीमालेख डिजाइन गर्दा  ग्राहाकको  रोजगारी,  आम्दानी र बचतको  स्थितिलाई  मध्येनजर  गरी  ग्राहाकको  पहिचान पश्चात बीमालेख तयार गर्ने गर्दछ । यसरी बीमकले बजारमा ल्याउन खोजिएका बीमालेखहरु बीमा समितिबाट जारी गरिएका मृत्युदर तालिका अनुसार कुन वर्ग, क्षेत्र तथा लिङ्गका लागि तयार गर्ने हो सो कुराको पूर्व अध्ययन तथा अनुसन्धान समेत गर्नु पर्ने हुन्छ ।

साथै उक्त बीमालेख कुन वर्ग र क्षेत्र अर्थात ग्रामिण समुदाय वा शहरी समुदायको लागि हो सोको पहिचान पश्चात बीमालेखको शर्त तथा सुविधा सहित मूल्य एकिन गर्नु पर्ने हुन्छ । बीमकले ग्राहाकको आम्दानीको श्रोत अनुसार शहरी क्षेत्रका लागि भए ठुलो बीमाड्ढको बीमालेख तयार गर्ने गरेको पाइन्छ भने ग्रामिण क्षेत्रका लागि भए सानो बीमाड्ढको बीमालेख तयार गर्ने गरेको पाइन्छ । सामान्यतया जीवन बीमालेख मुनाफामा सरिक हुने र नहुने गरि दुई किसिमका हुन्छन । मुनाफामा सरिक हुने बीमालेखको बीमाशुल्क बढि हुन्छ भने मुनाफामा सरिक नहुने बीमालेखको बीमाशुल्क भने कम हुन जान्छ । मुनाफामा सरिक हुने÷नहुने बीमालेख देहाय बमोजिम रहेकाछन् :-

(१) मुनाफा सरिक हुने जीवन बीमालेख

बीमकले जारी गरेको मुनाफामा सरिक हुने बीमालेखको विक्रि पश्चात संकलन गरेको बीमाशुल्कलाई बीमकले विभिन्न क्षेत्रमा पुनः लगानी गरी त्यसबाट आर्जन गरेको नाफा रकमबाट बीमकले बीमितलाई वितरण गर्ने निश्चित रकमलाई मुनाफामा सरिक हुने बीमालेख मान्न सकिन्छ । जुन बीमालेख अन्तर्गत बीमितले भुक्तानी गरेको रकम (बीमाड्ढ) को साथसाथै कम्पनीले घोषणा गरेको थप बोनस रकम सहित प्राप्त गर्न सकिन्छ भने त्यस्तो बीमालेखलाई मुनाफामा सरिक हुने खालको बीमालेख भन्न सकिन्छ ।

(२) मुनाफामा सरिक नहुने जीवन बीमालेख

बीमकले जारी गरेको मुनाफामा सरिक नहुने बीमालेखको विक्रि पश्चात संकलन गरेको बीमाशुल्कलाई बीमकले विभिन्न क्षेत्रमा पुनः लगानी गरेतापनि त्यसबाट आर्जन गरेको नाफा र कमबाट बीमकले बीमितलाई कुनै पनि थप रकम वितरण गर्दैन तर बीमालेखको शर्त तथा सुविधा अनुसार दुर्घटनाको कारणबाट हानिनोक्सानी भएमा त्यसको क्षतिपूर्ति गर्ने र मृत्यु भएमा बीमांक र कम भुक्तानी गर्ने खालका बीमा योजनालाई मुनाफा सरिक नहुने बीमालेख मान्न सकिन्छ । जुन बीमालेख विक्रि वापत प्राप्त बीमाशुल्कलाई पुन लगानी गरि त्यसबाट प्राप्त नाफा रकम बीमितले प्राप्त गर्न सक्दैन । अर्थात त्यस्तो बीमालेख लिने बीमितले थप मुनाफा वापतको रकम प्राप्त गर्दैन ।

कम्पनीले अफ्नो उद्देश्य बमोजिम ग्राहाकको पहिचान गरी तयार गर्ने जीवन बीमालेखको विशेषता तथा शर्त र सुविधा अनुसार बीमालेखको लागतमा पनि फरक फरक हुने गर्दछ । जुन कुरालाई बुँदागत रुपमा देहाय बमोजिम प्रस्तुत गरिएको छ ।

(१) बीमालेखको डिजाइन खर्च

बीमकले बीमालेख तयार गर्दा शुरुमा अध्ययन तथा अनुसन्धान गर्नुका साथै कुन समूह वा कस्तो आय स्तरको वर्ग वा क्षेत्रलाई लक्षित गरी बीमालेख तयार गर्न खोजिएको हो सो कुरा पहिचान गरेपश्चात त्यस्तो बीमालेखलाई बीमकको बीमांकीले बीमा समितबाट जारी मृत्युदर तालिकाको आधारमा बीमालेख विक्रिका लागि योग्य छ वा छैन भन्ने राय सहित प्राप्त हुन्छ र यसरी बीमकले अध्ययन तथा अनुसन्धान र बीमांकीको राय सुझावलाई पनि निश्चित रकम खर्च गर्नु पर्ने हुन्छ । यस्तो रकमलाई बीमालेख डिजाइन खर्च अन्तर्गत समावेस गरिएको हुन्छ ।

(२) लगानीयोग्य रकमबाट आय

बीमकले विक्रिका लागि तयार गरिएको बीमालेखबाट ब्यवसाय संचालन खर्च कट्टागरी बाँकी रहेको बचत रकमलाई बीमा समितिबाट जारी लगानी निर्देशनको परिधिभित्र रहि विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप तथा बोण्ड डिवेन्चर र शेयरमा लगानी गरि ब्याज आम्दानी गरेको  हुन्छ । यस्तो रकमलाई बीमाड्ढीले बीमालेख डिजाइन गर्दा टेक्निकलनोटमा ५ प्रतिशत देखि ५.५ प्रतिशतसम्म ब्याज आम्दानी हुन सक्छ भनि अनुमान गरिएको हुन्छ ।

(३) ब्यवस्थापन खर्च

बीमकले बीमालेख डिजाइन गर्दा कम्पनीमा लाग्न सक्ने तलव, भत्ता, भाडा, विज्ञापन, प्रचार प्रसार, फर्निचार तथा स्टेशनरी लगायत अन्य ब्यवस्थापन खर्चहरुलाई ऐन, नियम बमोजीम समावेस गरिएको हुन्छ । कुनै खर्चहरु एक पटक गरेपछि दिर्घकालसम्म गर्नु नपर्ने हुन्छ यस्ता खर्चलाई स्थिर सम्पति अन्तर्गत राखिन्छ भने कुनै खर्च वर्षदिन भित्र नै पटक पटक गर्नु पर्ने हुन्छ यस्ता खर्चलाई अल्पाकालिन वा चालु खर्च अन्तर्गत राखिन्छ । यसरी बीमकले कार्यालय संचालन गर्दा गर्नुपर्ने ब्यवस्थापन अत्तर्गतका विभिन्न खर्चलाई पनि बीमालेखमा समावेस गरिएको हुन्छ ।

(४) बीमा अभिकर्ता कमिशन

बीमा अभिकर्ता भन्नाले बीमकको तर्फबाट तलवी कर्मचारी नभई कमिशनको आधारमा कार्य गर्ने ब्यक्ति वा संस्थालाई बीमा अभिकर्ता भन्न सकिन्छ । यसरी बीमकको प्रतिनिधि भई कार्य गर्ने अभिकर्तालाई बीमा ऐन, २०४९ को नियम २३ को खण्ड (ख) तथा सोहि नियमको अनुसूची ११ मा तोकिए बमोजिमको कमिशन प्राप्त गर्दछ । यसरी बीमकले बीमा ऐनको परिधि भित्र रहि बीमा अभिकर्ता कमिशन रकम र विक्रि वितरणको क्रममा खर्च हुन सक्ने थप रकम समेतलाई मनन् गरी बीमालेख तयार गर्दा समावेस गरेको पाइन्छ ।

(५) बोनस रकम

बीमकले बीमालेख तयार गर्दा कुन समूह वा कस्तो आय स्तरको वर्ग वा क्षेत्रलाई लक्षित गरी बीमालेख तयार गर्न खोजिएको हो सो कुरा पहिचान गरी त्यस्तो बीमालेखलाई बीमकको बीमांकीले बीमा समितबाट जारी मृत्युदर तालिकाको आधारमा तयार गरिएको बीमालेख विक्रि पश्चात सम्बन्धित बीमालेख अन्तर्गतका कार्यालय सन्चालन खर्च कटौती गरेपछिको रकम लाई बीमांकीय मूल्याकन गर्ने गरिन्छ । बीमांकीय मूल्याकंनबाट आएको रकम जीवन बीमा कोष (Technical Reserve) तथा बीमा ऐन नियम बमोजिम राख्नु पर्ने कोषहरु राखि सकेपछि बांकी रहेको वचत रकमको ९० प्रतिशत रकम बीमितले थप रकम मुनाफाको रुपमा प्राप्त गर्दछ त्यस्तो रकमलाई बोनस रकम भनिन्छ । जुन रकम बीमकले प्रत्येक वर्ष बीमांकीय मूल्याकंन गरेपश्चात प्राप्त गर्दछ । यस्तो रकम समेत निश्चित दरमा प्राप्त हुन्छ भनि बीमालेखमा समावेस गरिएको हुन्छ । बोनस दर कम्पनीको लगानी नीति, बजारमा उपलब्ध ब्याजदर आदीमा भरपर्ने हुँदा कम्पनी अनुसार तथा बीमालेख अनुसार बोनस दर पनि फरक फरक हुने गर्दछ । साथै, बीमकले बचत रकमको १० प्रतिशत रकम नाफा नोक्सान खातामा लेखाड्ढन गरी शेयरधनीहरुलाई लाभांशको रुपमा वितरण गरिएको हुन्छ । यस्ता रकमहरुलाई पनि बीमालेख तयार गर्दा समावेस गरिएको हुन्छ ।

६. सेवाशुल्क

बीमकको ब्यवसायलाई विकशित, ब्यवस्थित, नियमित र नियन्त्रित गर्ने कार्य बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले गरिरहेको हुन्छ । यसरी बीमकको विकास, विस्तार तथा प्रवद्धनको लागि बीमा ऐनमा ब्यवस्था भए बमोजिम बीमकले आर्जन गरेको कुल बीमाशुल्कको १ प्रतिशत रकम सेवाशुल्क वापत भुक्तानी गर्नु पर्ने हुन्छ । यस्तो रकमलाई समेत बीमालेख डिजाइन गर्दा समावेस गरिएको हुन्छ ।

७. कर

बीमकले जारी गरेको बीमालेखबाट ब्यवसाय संचालन खर्च कट्टा गरी बाँकी रहेको वचत र कमलाई बीमाड्ढीय मूल्याकंन पश्चात आउने वचत रकमको ९० प्रतिशत बीमालेख लिने बीमितको लागि बोनसको रुपमा छुट्टयाइएको हुन्छ भने बाँकी रहेको १० प्रतिशत रकम नाफा नोक्सान हिसावमा लेखाड्ढन गर्ने गर्दछ । यसरी बीमकले आर्जन गरेको खुद नाफा रकममा आयकर ऐन बमोजिम कर कट्टा गर्ने रकम समेत बीमालेख डिजाइन गर्दा समावेस गरिएको हुन्छ ।

८. मुनाफा

कुनै ब्यवसाय सेवाको भावना लिएर स्थापना भएका हुन्छन भने कुनै ब्यवसाय नाफाको उद्देश्य लिएर स्थापना भएका हुन्छन । नेपालमा बीमा ब्यवसाय गर्ने बीमकहरु नाफाको उद्देश्य लिएर स्थापना भएका हुन् । बीमकले बीमालेख तयार गर्दा बीमा समितिले जारी गरेको मृत्युदर तालिका प्रयोग गरी बीमाड्ढीको राय÷सुझाव बमोजिम उपरोक्तानुसारका लाग्ने विभिन्न खर्चहरु समावेस गरिसकेपछि अन्तमा लगानीकर्ता अर्थात शेयरहोल्डरहरुलाई मुनाफा रकमको पनि ब्यवस्था गरेको हुन्छ । सामान्यतया बीमाड्ढीले बीमालेख तयार गर्ने क्रममा टेक्निकल नोटमा न्यूनतम ५ प्रतिशत मुनाफा रकम समावेस गर्ने गरेको पाइन्छ ।

बीमालेखको बीमाशुल्क निर्धारण

बीमकले ब्यवसाय संचालन गर्ने क्रममा उपभोक्ताको माग अनुसार विभिन्न खालका बीमलेखहरु विक्रिका लागि डिजाइन गरिएको हुन्छ । यसरी डिजाइन गर्ने बीमालेखमा बीमा समितिबाट जारी मृत्युदर तालिका प्रयोग गरी बीमालेखको विशेषता अनुसार बिमाड्ढीको राय÷सुझाव बमोजिम बीमालेख डिजाइन, अध्ययन तथा अनुसन्धान खर्च, बीमालेख विक्रि पश्चात लगानीयोग्य रकमलाई विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा लगानी गरी आर्जन भएका ब्याज रकमलाई आयमा गणना गर्ने, बीमा ऐन तथा नियम बमोजिम ब्यवस्थापन खर्च गर्ने, अभिकर्तालाई कमिशन रकम दिने, बीमालेख लिने बीमितलाई बीमाड्ढ रकमको साथसाथै थप रकम बोनसको रुपमा दिने, बीमाको विकास तथा प्रवद्र्धनको लागि १ प्रतिशत सेवाशुल्कको ब्यवस्था गर्ने, आयकर ऐन बमोजिम कर र कमको ब्यवस्था र लगानीकर्ताको लागि मुनाफा रकम सहितको ब्यवस्था गरी कुनै पनि बीमालेखको बीमाशुल्क निर्धारण गरिएको हुन्छ । बीमकहरुको वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०६५ बमोजिम विशेषगरी नेपालमा विक्रि गरिरहेका बीमालेखहरु देहाय बमोजिम रहेका छन् :

(क) सावधिक जीवन बीमा

(ख) अग्रिम भुक्तानी सावधिक जीवन बीमा

(ग) रुपान्तरित सावधिक जीवन बीमा

(घ) आजीवन जीवन बीमा

(ङ) बैदेशिक रोजगार म्यादी जीवन बीमा

(च) विशेष म्यादी जीवन बीमा

(छ) म्यादी जीवन बीमा

अन्तमा, बीमकहरुले बजारको माग अनुसार विभिन्न विशेषता भएका बीमालेखहरु डिजाइन गर्ने गर्दछ । यसरी बीमालेख डिजाइन गर्दा बीमा समितिबाट स्वीकृत प्राप्त बीमाड्ढीको सहयोग लिई बीमालेख तयार गर्ने गरेको पाइन्छ । यसरी बीमालेख तयार गर्दा टेक्निकल नोटमा बीमाड्ढीको सहिछाप सहित बीमा समितिको स्वीकृतिको लागि पेश गर्नु पर्ने हुन्छ । र बीमा समितिले पनि आफ्नो बीमाड्ढीको स्वीकृत प्राप्त भएपछि संचालक समितिको निर्णय बमोजिम बीमकलाई उक्त बीमालेख विक्रि गर्न स्वीकृति प्रदान गर्दछ ।

(थापा बीमा समितिका सहायक निर्देशक हुन्)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार