IME Life

जनरल इन्स्योरेन्सका सञ्चालक दिपेन्द्र अग्रवालको निलम्बन फुकुवा

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवालको निलम्बन फुकुवा गरेको छ । समितिले गत बैशाख ३ गते अग्रवाललाई निलम्बन गरेको थियो ।  नियम भन्दा धेरै रकम शेयर बजारमा लगानी गरेको भन्दै अग्रवाललाई निलम्बन गरेको थियो । कम्पनीको लगानी उपसमिति संयोजकको हैसियतमा उनलाई निलम्बन गरिएकोमा आज समितिले फुकुवा गरिदिएको हो ।

समितिले चैत २२ र २३ गते कम्पनीको स्थलगत निरिक्षणका क्रममा अग्रवालले लगानी समितिको संयोजकका हैसियतले विभिन्न अनियमितता भएको भन्दै उनलाई निलम्बन गरेर स्पष्टिकरण माग गरेको थियो ।

Prabhu
Crest

समितिले अग्रवाललाई बैशाख २ गते स्पष्टिकरण माग गरेर बैशाख ३ गते स्ष्टिकरण पनि नलिइ निलम्बन गरे पछि समितिको आलोचना भएको थियो । समितिले व्यक्ति विशेषलाई स्पष्टिकरण नै नसोधी हदैसम्मको सजाय गर्न खोजेको अन्य सञ्चालकहरुले आरोप लगाउदै आएका छन् ।

समितिले यस विषयमा थप अध्ययन गर्न तथा अनुसन्धानका क्रममा कुनै पनि प्रभाव नपरोस भन्ने हिसावले मात्रै निलम्बन गरिएको जनाएको थियो । जनरल इन्स्योरेन्सको सञ्चालक निलम्बनमा समितिको हतारो, सञ्चालकहरुको राजनीतिक शक्ति बीमा समितिबाट प्रदर्शन

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS