IME Life

जनरल इन्स्योरेन्सको सञ्चालक निलम्बनमा समितिको हतारो, सञ्चालकहरुको राजनीतिक शक्ति बीमा समितिबाट प्रदर्शन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले नियम भन्दा धेरै शेयर बजारमा लगानी गरेको भन्दै जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दिपेद्र अग्रवाललाई निलम्बन गरेको छ । कम्पनीको लगानी उपसमिति संयोजकको हैसियतमा अग्रवाललाई निलम्बन गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

समितिले गत चैत २२ र २३ गते कम्पनीको स्थलगत निरिक्षण गरेको थियो । स्थलगत निरिक्षणका क्रममा लगानी समितिका संयोजक दिपेन्द्र अग्रवालको संलग्नतामा विभिन्न अनियमितता भएको पाइएको भन्दै समितले उनलाई मात्रै निलम्बन गरेको छ । जवकी अग्रवाल सहित अन्य सञ्चालकहरु पनि लगानी उपसमितिमा संलगन्न हुन्छन् । उनिहरुले पनि लगानी पुर्व सबै कागजपत्रमा हस्ताक्षर गरेका हुन्छन् । तर पनि समितिले अग्रवाललाई मात्र निलम्बन गरेको छ ।

Prabhu
Crest

समितिले अग्रवाललाई बैशाख २ गते यस विषयमा थप स्पष्टिकरण माग गरेको थियो । तर समितिले हतार हतारमा बैशाख ३ गते अग्रवाल सँग  स्पष्टिकरण नै नलिइ निलम्बन गरेको छ । समितिले व्यक्ति विशेषलाई स्पष्टिकरण नै नसोधी हदैसम्मको सजाय गर्न खोजेको एक सञ्चालकले जिकिर गरे । उनले थपे ‘उक्त लगानी उपसमितिमा अन्य पनि सञ्चालक हुन्छन् । साथै यस कार्यमा अन्य सञ्चालककको पनि उत्तीकै जिम्मेवारी रहन्छ तर समितिले नियतबस एकतर्फी रुपमा हदैसम्मको कारबाहि गर्न खोजिएको छ ।’

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार अग्रवाल लगानी उपसमितिको संयोजक रहेको हिसावले निलम्बन गरिएको हो । समितिले यस विषयमा थप अध्ययन गर्न तथा अनुसन्धानका क्रममा कुनै पनि प्रभाव नपरोस भन्ने हिसावले मात्रै निलम्बन गरिएको पौडेलले जानकारी दिए ।

जनरल इन्स्योरेन्स कम्पनीका केहि सञ्चालकहरुको आन्तरिक राजनीतिक दाउपेचको प्रभावमा बीमा समितिबाट प्रदर्शन भएको एक सञ्चालक बताउछन् । कम्पनी भित्र चरम राजनीतिकरण छ । एक सञ्चालकले अर्को सञ्चालक फसाउन हदैसम्मका राजनीतिक खेल हुने गर्छ । यसै क्रममा केहि सञ्चालकको बीमा समिति सँग राम्रो सम्बन्ध रहको र उनिहरुकै प्रभावमा समितिले हतार हतारमा निलम्बन गरेको उनिहरु बताउछन् ।

समितिले पनि अघिल्लो दिन अग्रवाल सँग स्पष्टिकरण माग गरेको थियो । तर अग्रवालले स्पष्टिकर दिने तयारी गर्न पनि नपाउदै भोलिपल्टै निलम्बन गरिएको पत्र पठाएको छ । यहि अवधिमा कतिपिय सञ्चालकको राजनीतिक शक्तिका आधारमा यो निर्णय भएको एक सञ्चालकले जानकारी दिए।

बीमा समितिले बीमा ऐनमै नभएको व्यवस्थाका आधारमा अग्रवाललाई निलम्बन गरेको छ । समितिले बीमा ऐनको दफा ३६ एकको आधारमा अग्रवाललाई निलम्बन गरिएको जनाएको छ । जवकी यस दफामा समितिका सञ्चालकले प्रचलित कानुन बमोजिम गर्नु भनेको काम नगरेमा र नगर्नु भनेको काम गरेमा तीन हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था छ । तर समितिले अग्रवाल सँग स्पष्टकरण नै सोधेको छैन । अर्को कुरा यस दफा अनुसार उनलाई निलम्बन गर्न पाइदैन ।

बीमा समितिका कार्यकारी निर्देशक पौडेलका अनुसार अग्रवालले नियम भन्दा धेरै रकम शेयर बजारमा लगानी गरेको पाइएकाले आवश्यक अध्ययनका लागि निलम्बन गरिएको हो । साथै यो निलम्बन मात्रै भएको तर कारबाही भने अग्रवालसँग स्पष्टिकरण सोधेर मात्रै प्रक्रिया अगाडि बढ्ने पौडेलले जानकारी दिए । विज्ञका अनुसार भने अग्रवाललाई निलम्बन गरिएको आधार नै गलत रहेको छ ।

जनरल इन्स्योरेन्सले गरेको काम पनि गलत हो साथै अग्रवालले गरेको काम पनि गलत हो तर बीमा समितिले लिनु पर्ने एक्सन तथा कारबाही प्रकृयाँमा भने राजनीतिक प्रभाव देखिएको विज्ञहरु बताउछन् । नियम भन्दा बाहिर गएर कम्पनीले लगानी गर्न पाउदैन । यसका लागि बीमा समितिको कदम सहि छ । तर यहि कदमलाई कानुनी हिसावले र प्रक्रियागत हिसावले अगाडि बढाउदा बीमा समितिको छवीमा प्रश्न उठ्दैन ।

समितिका अनुसार बीमा कम्पनीले टेक्निकल रिजर्भको १० प्रतिशतसम्म दोस्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्न पाइन्छ तर आर्थिक वर्ष २०७६/७७ मा ६४ प्रतिशतसम्म लगानी भएको पाइएको छ । अर्को तर्फ संस्थागत सुशानस अनुसार कम्पनीमा लगानी गर्ने कम्पनीकै शेयर खरिद बिक्री गर्न पाइदैन । तर कम्पनीले त्यस्ता कम्पनीमा पनि लगानी गरेको पाइएको छ । कम्पनीले सोल्भेन्सी मार्जीनलाई ध्यान नदिएको भन्दै अग्रवाललाई मात्रै कारबाही गरिएको देखिन्छ । जवकी सबै सञ्चालकहरु यस विषयमा कानुनी हिसावले नै जिम्मेवार हुन्छन् ।

nilamban_watermark (1)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS