काठमाडौं । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवालको निलम्बन फुकुवा गरेको छ । समितिले गत बैशाख ३ गते अग्रवाललाई निलम्बन गरेको थियो । नियम भन्दा धेरै रकम शेयर बजारमा लगानी गरेको भन्दै अग्रवाललाई निलम्बन गरेको थियो । कम्पनीको लगानी उपसमिति संयोजकको हैसियतमा उनलाई निलम्बन गरिएकोमा आज समितिले फुकुवा गरिदिएको हो ।
समितिले चैत २२ र २३ गते कम्पनीको स्थलगत निरिक्षणका क्रममा अग्रवालले लगानी समितिको संयोजकका हैसियतले विभिन्न अनियमितता भएको भन्दै उनलाई निलम्बन गरेर स्पष्टिकरण माग गरेको थियो ।
समितिले अग्रवाललाई बैशाख २ गते स्पष्टिकरण माग गरेर बैशाख ३ गते स्ष्टिकरण पनि नलिइ निलम्बन गरे पछि समितिको आलोचना भएको थियो । समितिले व्यक्ति विशेषलाई स्पष्टिकरण नै नसोधी हदैसम्मको सजाय गर्न खोजेको अन्य सञ्चालकहरुले आरोप लगाउदै आएका छन् ।
समितिले यस विषयमा थप अध्ययन गर्न तथा अनुसन्धानका क्रममा कुनै पनि प्रभाव नपरोस भन्ने हिसावले मात्रै निलम्बन गरिएको जनाएको थियो । जनरल इन्स्योरेन्सको सञ्चालक निलम्बनमा समितिको हतारो, सञ्चालकहरुको राजनीतिक शक्ति बीमा समितिबाट प्रदर्शन