IME Life

प्रस्तावित लाभांश पारित सहित प्रुडेन्सियलको एजिएम सम्पन्न, दुई जना सञ्चालक निर्वाचित

SPIL
NIC ASIA

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बाराको सिमरा स्थित होटेल इच्छामा सम्पन्न भएको हो ।

सभामा कम्पनीको हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ४२ प्रतिशतले हुन आउने ४३ लाख २१ हजार ८ सय १८ रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।

Prabhu
Crest

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित भएको छ ।

उक्त सभाबाट कम्पनीको संस्थापक समूह ख अन्तर्गत संचालक शैलेष संघई, र अनिता रायमाझी टण्डन निर्विरोध निर्वाचित भएका छन । सञ्चालकहरुलाई निर्वाचन अधिकृतले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएको कम्पनीले जनाएको छ ।

सभामा संस्थापक र सर्वसाधारण शेयरधनीको स्वामित्व अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पारित भएको छ ।  हाल कम्पनीमा संस्थापक शेयरधनीको स्वामित्व ६० प्रतिशत छ भने सर्वसाधारणको शेयर अनुपात ४० प्रतिशत छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS