IME Life
Beema Board

प्रभु बैंकको ऋणपत्र बाँडफाँड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएकोे छ । बैंकले जेठ ११ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको थियो । जसमध्ये बैंकले १६ लाख सामूहिक लगानीकोष सहित सर्वसाधारणमा बिक्री गरेको छ भने २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गरेको छ ।

सर्वसाधारणका लागि छुट्याएको मध्येबाट २ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँड गरी बाँकी १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्काशन गरेको हो ।

Prabhu
Crest

बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको ऋणपत्र निष्काशन गरेको हो । रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई उक्त ऋणपत्र बाँडफाँट गरेको गरिएको छ । उक्त ऋणपत्र विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS