IME Life
Beema Board

१७ कम्पनीले ५ अर्ब ६३ करोडको आइपिओ निष्काशन गर्दै, निषेधाज्ञाले प्रक्रियामा ढिलाइ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सरकारले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्दा १७ वटा कम्पनीहरुले ५ अर्ब ६३ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन प्रक्रिया प्रभावित भएको छ । तयारीमा रहेका १७ कम्पनीमध्ये भोटेकोसी जलविद्युत कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । प्रभावित क्षेत्रका लागि प्राथमिक शेयर निष्काशनको चरणमै निषेधाज्ञा भएपछि स्थगन गरिएको छ ।

Prabhu
Crest

पाइपलाइनमा रहेका १६ कम्पनी मध्ये १२ वटा जलविद्युत कम्पनी छन् । तीन वटा माइक्रोफाइनान्स र डिसहोम रहेका छन् । डिसहोमको केहि कागजपत्र नपुग्दा लामो समयदेखि अनुमति पाउन सकेको छैन । मानुसी लघुवित्तले तीन करोड ८३ लाख, मनकामना स्मार्ट लघुवित्तले तीन करोड ८९ लाख र जीवन विकास लघुवित्तले १९ करोड ७७ लाख रुपैयाँको आइपिओ निष्काशन गर्दैछ ।

पाइपलाइनमा रहेका कम्पनीहरुले आवश्यक कागजपत्र जुटाउन नसक्दा बोर्डले अनुमति दिन सकेको छैन । प्राथमिक शेयर निष्काशनका लागि सम्बन्धित कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक तोकेका हुन्छन् । उनिहरुले नै बोर्डमा प्राथमिक शेयर निष्काशनका लागि आवश्यक प्रक्रिया पुरा गरिरहेका हुन्छन् । तर धितोपत्र बोर्डले एउटा मर्चेन्ट बैंकले तीन जना कर्मचारीबाट मात्रै अत्यावस्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । निधेषाज्ञाका कारण पाइपलाइनमा रहेका कम्पनीहरुले आवस्यक डकुमेन्ट उपलब्ध गराउन नसकिरहेको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । धितोपत्र बोर्डले डिजिटल माध्यमबाट पठाएको काजगपत्रलाई पनि हेरेर काम गरिरहेता पनि कार्यालय नै बन्द रहेकाले प्रक्रिया लम्बिने गिरीले बताए ।

यस बाहेक पनि बोर्डमा निवेदन दिएका कतिपय कम्पनीले प्रारम्भिक विवरण पेश गर्न नसक्दा पाइपलाईनमा पनि राखेको छैन । धितोपत्र बोर्डले केहि समय अगाडि रियल सेक्टरका कम्पनीले पनि प्राथमिक शेयर निष्काशन गर्न लागेको जानकारी दिएको थियो । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्न खोजेसँगै अन्य कम्पनीहरु पनि यहि विधिबाट प्राथमिक शेयर निष्काशन तर्फ उन्मुख भएको बोर्डले जनाएको थियो । तर निषेधाज्ञा तथा कोभिड १९ को चपेटामा परेकाले कम्पनीहरुले आवस्यक प्रक्रिया अगाडि बढाउन नसकेका हुन् ।

बोर्डले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशनका लागि आवस्यक तयारी गरे पनि कोभिड १९ का कारण सबै काम प्रभावित भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS