IME Life
Beema Board

एशियन लाईफको नविकरण बीमा शुल्कमा ब्याज छुट, बीमालेख कर्जाको साँवा र ब्याज समेत अनलाइनबाटै तिर्न सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कं. लि.ले नविकरण बीमा शुल्कमा लाग्ने ब्याजमा शत प्रतिशत छुटको घोषणा गरेको छ । काठमाण्डौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको मिति बैशाख १६ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मको अवधिको लागी आफ्नो बीमितहरुलाई नविकरण बीमाशुल्कमा लाग्ने ब्याजमा छुटको घोषणा गरेको हो । कम्पनीका अनुसार तोकिएको समयमै नविकरण बीमाशुल्क भुक्तानी गर्न नसकेका बीमितहरुलाई वैशाख १६ गतेदेखि ब्याज लाग्नेछैन ।

कम्पनीले नविकरण बीमाशुल्क भुक्तानी गर्नको लागी अनलाइन माध्यमहरु ई सेवा, फोन पे, मोबाइल बैंकिंग एप्स र कनेक्ट आइपिएसको वेभसाइट प्रयोग गर्न समेत बीमितहरुमा अनुरोध गरेको छ ।

Prabhu
Crest

साथै एशियन लाईफले बीमालेख कर्जाको साँवा र ब्याज समेत ई सेवा एप्स वा वेभसाइटमार्फत् सहजै तिर्न सकिने सुविधा उपलब्ध गराएको छ । बीमालेख नम्बर र बीमितको जन्म मिति विवरण ईसेवामा प्रविष्टी गरेर बीमितले बीमालेखको ब्याज र आफूले चाहे बमोजिम साँवा रकम समेत भुक्तानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS