IME Life
Beema Board

एभरेष्ट इन्स्योरेन्सको २६ औ वार्षिक साधारणसभा सम्पन्न, ८ प्रतिशत बोनस शेयर पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांस पनि पारित गरेको छ । कम्पनीले आफ्नै केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गरेको हो ।

कम्पनीका अध्यक्ष राजिब सापकोटाले विश्वव्यापी महामारी कोभिड १९ को कारणले कम्पनीको दैनिक काम काजमा समेत लामो समयसम्म बाँधा पुग्नुका कारणले वित्तीय विवरण तयार गर्न अधिक समय लगाउनु परेको बताएका छन् । यसका साथै एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्न केही नया प्रावधानहरु समेत थपिएकाले वित्तीय विवरण तयार गरी वार्षिक साधारणसभा गर्न अलि ढिला हुन पुगेको उनले साधारणसभामा अवगत गराए ।

Prabhu
Crest

कम्पनीले आफ्ना सम्पुर्ण सेवाहरुलाई ग्राहक मैत्री बनाई बीमा बजारमा ग्राहकहरुको मन जित्त सफल भएको अध्यक्ष सापकोटाले दाबी गरे । व्यवसाय बृद्धिबाट पनि यो केहि हदसम्म प्रमाणित भएको र आगामी दिनमा व्यवसाय बृद्धिको साथ साथै त्यसबाट प्राप्त हुने प्रतिफल तथा शेयरधनीलाई प्रदान गर्ने लाभांशमा समेत अझ बढि ध्यान दिईने उनले प्रतिवद्धता व्यक्त गरे ।

कम्पनीले आफ्नो सेवाकव २० वर्ष पुरा गरेको छ । विगत २७ वर्षमा कम्पनीले बीमा बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएको प्रमुख कार्यकारी अधिकृत कमल गौतमले बताए । आगामी दिनमा समेत ग्राहकहरुको हितलाई सर्वोपरी राख्दै कम्पनीले आफ्नो सेवालाई देशका विभिन्न क्षेत्रमा विस्तार गर्दै लैजाने तथा कम्पनीको सेवालाई अझ बढि उत्कृष्ट र ग्राहक मैत्री बनाउदै लैजाने कुरामा गौतमले प्रतिवद्धता व्यक्त गरे । समयमै नियमानुसार दाबी भुक्तानी गर्नु पर्छ भन्ने कुरालाई अत्यान्तै महत्व दिदै छिटो छरितो तरिकाले दाबी भुक्तानी गर्दै आइरहेको र यस कुरा तर्फ कम्पनी सधै प्रतिवद्ध रहेको गौतमले बताए ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष २०७६/७७ मा अग्नी, सामुद्रिक, ईन्जिनियरिङ, विविध र लघु बीमामा उल्लेख्य सुधार गरेता पनि हवाई, मोटर, वाली तथा पशुपंक्षीमाको पोर्टफेलियो भने घटेको छ । कम्पनीले १३ प्रतिशतले बीमा शुल्क बृद्धि गरेको छ । यस वर्षमा ९१ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले भोगचलन गरेको भवन रहेको जग्गाको लालपुर्जा एभरेष्ट ईन्स्योरेन्स समेतको संयुक्त नाममा रहेको र सो सम्बन्धमा स्थानिय निकायलाई बुझाउनु पर्ने घर जग्गा कर पनि नियमित रुपमा बुझाउदै आएको छ । सो जग्गामा कम्पनीको भवन निर्माणको लागि काठमाण्डौ महानगरपालिकामा नक्सा दर्ता गरि निर्माण सुरु गरिएकोमा हालसम्म पनि सो भवनको नक्सा पास भएको छैन । हाल सम्म खर्च भएको एक करोड २० लाख ६६ हजार रुपैयाँ पूँजीगत खर्चको रुपमा लेखाङ्गन गरिएको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख छ ।

पब्लिक लिमिटेड कम्पनीको शेयरमा गरिएका लगानीलाई परल वा बजार मुल्य मध्ये जुन कम छ त्यसमा लेखाङ्कन गर्ने नीति लिईएको छ । बर्षको अन्तमा बजार मुल्य कम भएमा नोक्सान वाफतको ब्यवस्था गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS