IME Life
Beema Board

एभरेष्ट इन्स्योरेन्सका सिइओ कमल गौतमको वार्षिक तलब भत्ता ५४ लाख ७ हजार रुपैयाँ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल प्रसाद गौतमले वार्षिक ५४ लाख ७ हजार रुपैयाँ तलब भत्ता बुझेका छन् । गौतमले आर्थिक वर्ष २०७६/७७ मा तलब भत्ता र अन्य सुविधा बापत उक्त रकम बुझेका हुन् । यस बाहेक गौतमले ईन्धन र संचार खर्च प्राप्त गर्ने कम्पनीले जनाएको छ । उनले अघिल्लो आर्थिक वर्षमा ३५ लाख ५ हजार रुपैयाँ तलब भत्ता तथा अन्य सुविधा प्राप्त गरेका थिए । एक वर्षमा उनको तलब भत्ता १९ लाख रुपैयाँले बढेको छ ।

गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत सहित अन्य उच्च व्यवस्थापन तहका पदाधिकारीहरुले तीन करोड २५ लाख रुपैयाँ बुझेका छन् । उच्च व्यवस्थापन तहमा सिइओ सहित १० जना रहेका छन् । त्यस्तै यस आर्थिक वर्षमा समग्र कर्मचारी खर्च ११ करोड १७ लाख रुपैयाँ भएको छ । तलब बापत ४ करोड ५७ लाख, भत्ता २ करोड ८६ लाख, दशै खर्च ५८ लाख ४६ हजार लगायतमा खर्च भएको छ । यस आर्थिक वर्षमा अध्यक्ष सहित सञ्चालक समितिका पदाधिकारीहरुले बैठक भत्ता बापत ५ लाख ५१ हजार रुपैयाँ बुझेका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS