IME Life
Beema Board

आइएमई लाइफ र प्रभु लाइफलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स आईपीओ निष्काशन गर्ने प्रक्रियामा छ भने प्रभू लाइफ इन्स्योरेन्स आईपीओ निस्काशन गरिसकेको छ । दुवै नयाँ जीवन बीमा कम्पनीहरु हुन् । दुवै कम्पनीले आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलानात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा : आइएमई लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ भने प्रभू लाईफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब रहेको छ। आइएमई लाईफ इन्स्योरेन्सले निकट भविष्यमा आईपीओ निस्काशन गर्दै छ। आइएमई लाइफले ६० करोड बराबरको आईपीओ निस्काशन गर्ने छ।

जगेडा कोषको आधारमा : आइएमई लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ४५ करोड ५ लाख रुपैँया संचित छ भने प्रभू लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ३६ करोड ६० लाख संचित छ ।

जीवन बीमा कोषको आधारमा : जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोषको निकै महत्व रहेकोमा आइएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा २ अर्ब ४९ करोड हुँदा प्रभू लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा १ अर्ब ७६ करोड रहेको छ।

बीमा शुल्क आर्जन : आइएमई लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ८५ करोड खद बीमा शुल्क आर्जन गरेको छ भने प्रभू लाईफ इन्स्योरेन्सले १ अर्ब ८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा : तेश्रो त्रैमाससम्म आइएमई लाइफले १० करोड १ लाख खुद मुनाफा गरेकोमा प्रभू लाईफ इन्स्योरेन्सको खुद मुनाफा १३ करोड ७८ लाख रुपैँया रहेको छ । यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा पश्चात मात्र वास्तविक आउने छ ।

भुक्तानी हुन् बाँकी दावी रकम : आइएमई लाइफको भुक्तानी हुन बाँकी दावी रकम शुन्य रहेको छ भने प्रभू लाईफको भुक्तानी हुन बाँकी दावी रकम ७५ लाख रहेको छ।

प्रति शेयर आम्दानी : आइएमई लाइफको वार्षिक प्रति शेयर आम्दानी ९ रुपैयाँ ५१ पैसा छ भने प्रभू लाईफको वार्षिक प्रति शेयर आम्दानी ९ रुपैयाँ १७ पैसा छ ।

बजार मूल्य : आइएमई लाइफले आईपीओ निस्काशन गरेको छैन भने प्रभु लाईफको बजार मूल्य ७९२ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS