IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सको खुद नाफा २१ करोड २८ लाखमाथि, खुद बीमा शुल्क आर्जन ३६ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा सबै सूचकमा राम्रो प्रगति गरेपनि कम्पनीको खुद दाबी भुक्तानी भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ८५ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६२ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३६ दशमलव २४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

Prabhu
Crest

१ अर्ब ९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४२ करोड २८ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोषमा १ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ८७ करोड ९ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीले २१ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३५ दशमलव २२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले ३८ करोड १३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ८१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ४६ हजार ८ सय ३५ रुपैयाँले कमी हो ।

चैत मसान्तसम्म कम्पनीको प्रति शेयर आम्दानी २५ रुपैयाँ ८८ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ ३८२ रुपैयाँ१९ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ४४.९४ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS