IME Life
Beema Board

एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैशाख २९ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (बैशाख २८ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले जेठ १० गते २६ औ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले साधारणसभामा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनी सँग गाभ्ने गाभिने वा प्रप्ति गर्ने सम्बन्धमा संचालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव गरेको छ ।

Prabhu
Crest

साधारणसभामा कम्पनीको सञ्चालक समितिले यस अगाडि प्रस्ताव गरेको ८ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । त्यस्तै बोनस शेयरको कर प्रयोजनका लागि ४६ लाख १४ हजार रुपैयाँ नगद लाभांसको प्रस्ताव पनि साधारणसभामा पेश गर्दै छ ।

बोनस शेयर वितरण पछिको फ्र्याक्सन शेयरलाई समेत थप एक कित्ता दिन सक्ने प्रस्ताव गरिएको छ । बोनस शेयर वितरण पछि चुक्ता पूँजी र जारी पूँजी बृद्धि हुने भएकाले सोहि अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावली पनि संशोधन हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ छ । बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

साधारणभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गर्नुका साथै पारित गर्ने कार्यक्रम रहेको छ । त्यस्तै आर्थिक वर्ष २०७७र७८ को लेखापरिक्षणका लागि वर्तमान लेखापरिक्षक एमजिएस एण्ड एसोसिएट्स चार्टर्ड एकाउण्टेन्सलाई नै पुनः नियुक्ति गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS