IME Life
Beema Board

भर्खरै आईपीओ आएका रिलायन्स, प्रभु भन्दा ज्योति लाइफ देखियो तगडा, हेरौं तुलनात्मक अध्ययन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्स, प्रभु लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनीहरु हुन् जसले आईपिओ निस्काशन गरिसकेका छन् । ज्योति लाइफ इन्स्योरेन्सको बजार मूल्य ८१२ रुपैया रहेको छ भने प्रभु लाइफको ८०८ र रिलायन्स लाईफको ६८६ रुपैयाँ रहेको छ । इन्स्योरेन्स खबरले यी तीन जीवन बीमा कम्पनीलाई दाँजेर गरेको तुलनात्मक अध्ययन :

 

Prabhu
Crest

चुक्ता पुँजीको आधारमा :
ज्योति लाइफको चुक्ता पुँजी २ अर्ब २० करोड छ भने रिलायन्स लाइफको २ अर्ब १० करोड र प्रभु लाइफको २ अर्ब चुक्ता पुँजी रहेको छ।

जगेडा कोषको आधारमा :
जगेडा कोषको आधारमा ज्योति लाइफ इन्स्योरेन्स अघि छ । ज्योति लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ६० करोड रकम छ भने प्रभु लाईफको जगेडा कोषमा ३६ करोड ६० लाख छ भने रिलायन्स लाईफको जगेडा कोषमा २० करोड ५७ लाख रकम छ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कोषको आधारमा ज्योति लाइफको जीवन बीमा कोष सबै भन्दा बलियो छ। ज्योति लाइफको जीवन बीमा कोषमा ३ अर्ब ४९ करोड संचित छ भने रिलायन्सको जीवन बीमा कोषमा २ अर्ब २६ करोड र प्रभु लाइफको जीवन बीमा कोषमा १ अर्ब ७६ करोड रकम रहेको छ।

बीमा शुल्क आर्जनको आधारमा :
बीमा शुल्क आर्जनको आधरमा ज्योति लाइफको व्यापार राम्रो छ। ज्योति लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्ममा २ अर्ब २१ करोड खुद बीमा शुल्क आर्जन गरेकोमा रिलायन्सले १ अर्ब ८४ करोड र प्रभु लाइफले १ अर्ब ८ करोड खुद  बीमा शुल्क आर्जन गरेको छ।

मुनाफाको आधारमा :
प्रभु लाइफले सर्वाधिक १३ करोड ७८ लाख खुद मुनाफा गरेको छ भने दोश्रोमा ज्योति लाइफले १२ करोड ७ लाख खुद मुनाफा गरेकोमा रिलायन्स लाइफले ६ करोड ५८ लाख खुद मुनाफा गरेको छ।

प्रति शेयर आम्दानीको आधारमा :
प्रति शेयर आम्दानी सबै भन्दा राम्रो प्रभु लाइफको रहेको छ। प्रभु लाइफको प्रति शेयर आम्दानी ९ रुपैया हुँदा रिलायन्सको सबै भन्दा थोरै ४ रुपैयाँ रहेको छ।

भुक्तानी हुन बाँकी दावी :
ज्योति लाइफको भुक्तानी हुन बाँकी दावी नै छैन भने रिलायन्स लाइफको ७ लाख ८१ हजार बराबरको दावी भुक्तानी हुन बाँकी छ भने प्रभु लाइफको ७५ लाख बराबरको दावी भुक्तानी हुन बाँकी छ।

निस्कर्ष : तीन नयाँ जीवन बीमा कम्पनी मध्य ज्योति लाइफ आधारभूत र व्यापारको हिसाबमा अघि देखिएको छ। कम्पनीको जीवन बीमा कोष बलियो रहेको छ भने व्यापार पनि राम्रो गर्न सफल भएको छ।  नाफामा भने प्रभु लाइफले राम्रो गरेको छ। तीन कम्पनीमा प्रभु लाइफको खुद मुनाफा र प्रति शेयर आम्दानी धेरै देखिएको छ।

(नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्नेछ ।)

(नोट :जीवन बीमा कम्पनीहरुको एक्चुअरी पश्चात मात्र वास्तविक नाफा देखिने छ )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS