IME Life
Beema Board

आईएमई लाइफ इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ११५ प्रतिशतले वृद्धि, नाफा १० करोड रुपैयाँ नाघ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ८९ करोड ५४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही  अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११५ प्रतिशतले बृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले  ८८ करोड १९ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले १ अर्ब ८५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११३ प्रतिशतले बढी हो ।

Prabhu
Crest

कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा ४५ करोड ५ लाख ९ हजार रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष ५९ दशमलव ६२ प्रतिशतले बढी हो । जीवन बीमा कोषमा २ अर्ब ४९ करोड ८३ लाख ६३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष ११० दशमलव ८७ प्रतिशतले बढी हो । त्यसैगरी महा विपत्ती कोषमा ५ करोड रुपैयाँ रहेको छ ।

यस अवधिसम्ममा कम्पनीले ३४ करोड ११ लाख ३ हजार रुपैयाँ  खुद दाबी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३१ लाख १८ हजार खुद दाबी भुक्तानी गरेको थियो ।

यस त्रैमाससम्ममा कम्पनीको खुद नाफा १० करोड १ लाख ३३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा २  दशमलव ३  प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ९ करोड ८१ लाख ३७ हजार खुद नाफा गरेको थियो ।

यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ७५ पैसा रहेको छ ।

IME 4x47

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS