IME Life
Beema Board

दुई कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आजदेखि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४७ हजार ५०६ र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला भएको छ ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर बैशाख २४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा आएको जनाएको छ ।

Prabhu
Crest

कम्पनीले नेशनल लाईफ इन्स्योरेन्सको शेयरको मूल्य प्रतिकित्ता ४४३ रुपैयाँ र नागरिक लगानी कोषको शेयरको मूल्य प्रतिकित्ता १ हजार ३४७ रुपैयाँ तोकेको छ । तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

तोकिएको भन्दा कम मूल्य अंकित गरी पेश गरिएको बोलपत्र स्वतः रद्द हुने कम्पनीले जनाएको छ । यी शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्न सकिनेछ ।

शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं तथा विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतको शाखा कार्यालयमा बोलपत्र आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS