IME Life

ठुला र संस्थागत लगानीकर्ताले बीमाको शेयर उठाउदै, साना लगानीकर्ता ‘पर्ख र हेर’

SPIL
NIC ASIA

काठमाडौं । यस साता ठुला तथा संस्थागत लगानीकर्ताले बीमाको शेयर उठाएका छन् । बीमाको शेयर घटेको मौका छोप्दै संस्थागत लगानीकर्ताले विस्तारै बीमाको पोर्टफेलियो बढाउन थालेका हुन् । यस साता बाणिज्य बैंक, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, फाइक्रोफाइनान्स र म्युचुअल फण्ड समुहको कारोबार घट्दै गर्दा बीमा समुहको कारोबार भने बढेको छ ।

अनियन्त्रित रुपमा बढिरहेको बीमा कम्पनीको शेयरलाई बीमा समितिको एक कदमले रोकेको थियो । बीमा कम्पनीहरुलाई मनपरि हकप्रद शेयर घोषणा गर्न रोक लगाए सँगै बीमाको शेयर लगातार घटिरहेको थियो । चैत अन्तिम साता लगानीकर्ताले बीमाको शेयर बिक्री गरेर हाइड्रोपावर र बैंकको शेयरमा आफ्नो पोर्टफेलियो परिवर्तन गरेका थिए । यहि अवधिमा नेप्से सूचक उकालो लागेको दिनमा पनि बीमाको शेयर बढ्न सकेको थिएन। विगत तीन चार सातादेखि बीमाको शेयर लगातार घटिरहेको थियो । यहि मौकामा म्युचुअल फण्ड, संस्थागत लगानीकर्ता तथा ठुला लगानीकर्ताले बीमाको शेयर उठाउन थालेका छन् ।

Prabhu
Crest

यस साता जीवन बीमा कम्पनीको कारोबार २९ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा कम्पनीको कारोबार ४ प्रतिशतले बढेको छ । बीमा समितिले बीमा कम्पनीहरुको हकप्रद निष्काशनमा कडाइ गरेको तथा रोकेको बताउदै गर्दा यस साता आइमएई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशनको विशेष प्रस्ताव पारित गर्यो । यसले पनि लगानीकर्तामा केहि हौसला प्रदान गरेको छ ।

जीवन बीमा कम्पनीहरुलाई बीमा समितिले साधारणसभाका लागि दवाव दिन थालेका अवको केहि समय बीमा कम्पनीको शेयरमा आकर्षण दखिन सक्छ । समितिको दवाव सँगै बीमा कम्पनीहरुले साधारणभाको तयार गर्नु पर्ने हन्छ । साधारणसभा आयोजना भन्दा अगाडि कम्पनीहरुले बोनस शेयर तथा अन्य विभिन्न प्रस्तावहरु ल्याउने भएकाले लगानीकर्ताको ध्यान पुनः बीमा कम्पनीको शेयरमा पर्न सक्ने विश्लेषकहरु बताउछन् ।

यस साता सूचिकृत ३१ बीमा कम्पनीहरु मध्ये ७ वटाको मूल्यमा मात्रै सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जमा यस साता सबैभन्दा धेरै पटक कारोबार हुने पहिलो कम्पनीमा ज्योति लाइफ इन्स्योरेन्स परेको छ । ज्योति लाइफका प्राथमिक शेयरधनीहरुले बिक्री गर्दा कारोबार संख्या सर्वाधिक धेरै देखिएको हो ।

यस साता एशियन लाइफ इन्स्योरन्स, प्रभु लाइफ, सूर्या लाइफ, एभरेष्ट इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र नेपाल रिइनस्योरेन्स कम्पनीको मात्रै मूल्य बढेको छ भने बाँकी सबैको घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS