IME Life
Beema Board

तेस्रो त्रैमासमा सिभिल लघुवित्तको उल्लेख्य प्रगति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेकोे छ । संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड ८१ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा २७९ दशमलव ८६ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा संस्थाले १ करोड २६ लाख ८५ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी २३ करोड ३९ लाख ३४ हजार रहेको संस्थाको रिजर्भ कोष ११ करोड २८ लाख ९३ हजार रहेको छ ।

Prabhu
Crest

यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ९७ दशमलव ३८ प्रतिशतले बढेर ११ करोड ६८ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ५ करोड ९२ लाख २४ हजार रुपैयाँ थियो ।

संस्थाले यस अवधिसम्म ७ करोड ५ लाख ३३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्षको सोहि अवधिमा संस्थाको संचालन मुनाफा ९३ लाख १८ हजार रुपैयाँ मात्र थियो ।

यस अवधिमा संस्थाको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७१ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँ ६४ पैसाले बढेर २७ रुपैयाँ ४६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS